site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
विराटनगर महानगरपालिकाले ल्यायो ३ अर्ब ६२ करोड ५५ लाख रुपैयाँको बजेट
Sarbottam CementSarbottam Cement

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि ३ अर्ब ६२ करोड ५५ रुपैयाँको बजेट ल्याएको छ । उपमेयर शिल्पा निरौला (कार्की) ले  महानगरपालिकाले आगामी आर्थिक वर्षको २० ७९/०८० लागि तय गरेको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आय र व्ययको अनुमान प्रस्ताव गरिएको बजेट पेश गरेकी हुन् । कार्कीले शुक्रबार महानगरको वार्षिक दशौँ नगरसभामा नीति तथा कार्यक्रम नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।  

महानगरले कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ५५ करोड ३५ लाख, पूर्वाधार विकासतर्फ १ अर्ब ८९ करोड ७१ लाख, आर्थिक विकासतर्फ २७ करोड ७३ लाख, सामाजिक विकासतर्फ ७८ करोड, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ७ करोड र वातावरण तथा विपद् व्यवस्थापनतर्फ ३ करोड ६० लाख रुपैयाँ व्यय अनुमान गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आगामी वर्ष सञ्चालन हुने वडास्तरीय आयोजनातर्फ ४१ करोड ६८ लाख, नगरस्तरीय आयोजनामा ३० करोड, बहुवर्षीय तथा गौरवका लागि आयोजनाको लागि २९ करोड, क्रमागत भुक्तानीका लागि ४० करोड, आरयूडीपीबाट सडक मर्मत सम्भारको लागि १४ करोड र अन्य पूर्वाधार तर्फ ९ करोड, फोहोर पानी प्रशोधन केन्द्रको लागि २ करोड र समपूरक कोष ४ करोड ८० रुपैयाँ लाख विनियोजन गरिएको छ ।

Global Ime bank

अनुमानित खर्च बेहोर्ने महानगरले संघीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ १ अर्ब २१ करोड र प्रदेश सरकारतर्फ ४ करोड ९७ लाख, राजश्व बाँडफाँडबाट १ अर्ब १३ करोड ९९ लाख, आन्तरिक आय १ अर्ब, जनसहभागिता ८ करोड, अन्य अनुदान तथा ऋणबाट १० करोड १९ लाख तथा अन्य संस्था ३ करोड ६० लाख रुपैयाँ विनियोजन हुने अनुमान गरिएको छ ।

चालू आर्थिक वर्षतर्फ जेठ मसान्तसम्म संशोधित कुल अनुमानित आय ४ अर्ब ६३ करोड गरिएकोमा २ अर्ब ३२ करोड ८१ लाख भएको छ । अनुमानमानित व्यय ४ अर्ब ६३ करोड गरिएकोमा कुल व्यय १ अर्ब ७४ करोड ६० लाख भएको छ । पुँजीगत खर्चतर्फ २ अर्ब १ करोड अनुमान गरिएकोमा ८२ करोड ४ लाख खर्च भएको छ । 

चालू खर्चतर्फ २ अर्ब १ करोड ९५ लाख अनुमान गरिएकोमा ९० करोड ४३ लाख ४४ हजार खर्च भएको छ । वित्तीय खर्चतर्फ ५ करोड रुपैयाँ अनुमान गरिएकोमा २ करोड खर्च भएको छ । आन्तरिक आयतर्फ ९९ करोड अनुमान गरिएकोमा करोड ८५ लाख रुपैयाँ मात्र प्राप्त भएको छ । जसमा बाँडफाँड राजस्वबाट प्राप्त १ अर्ब २३ करोड रुपैयाँ छ । 
महानगरले ‘छोरी बचाउ छोरी पढाउ’ कार्यक्रमलाई पनि निरन्तरता दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १५:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement