site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अछतेदेखि बिहुँ नरेठाटीसम्म सुरुङमार्ग अध्ययन हुँदै
फाइल तस्बिर : रासस ।
Sarbottam CementSarbottam Cement

गलकोट । मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गतको बागलुङखण्डमा सुरुङमार्ग बनाउन अध्ययन थालिने भएको छ ।

बागलुङको काठेखोलास्थित अछतेदेखि बिहुँ गलकोटको नरेठाटीसम्मको सुरुङमार्ग अध्ययन गरिने भएको छ । यसका लागि संघीय सरकारले ५० लाख रुपैयाँ बजेट समेत विनियोजन गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरुङमार्ग अध्ययनका लागि ५० लाख रुपैयाँ रकम विनियोजन गरिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिए । सरकारले आर्थिक वर्ष २०७९÷८० का निम्ति २४ नयाँ सुरुङ सम्भाव्यताका लागि नयाँ आयोजना छनोट गरेको छ  । तीमध्ये मध्यपहाडी लोकमार्गको अछेते–गलकोटखण्डको सुरुङमार्ग समावेश भएको हो ।

गएको फागुनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पौडेलले योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलसँग छलफल गरी बागलुङको अछेत–बिहुँदेखि गलकोटको नरेठाटीसम्मका लागि सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि योजनामा समावेश गरिदिन आग्रह गरेका थिए । आउँदो आर्थिक वर्षमा सम्भाव्यताको काम अगाडि बढ्ने उनले जानकारी दिइए ।

Global Ime bank

अछेते, बिहुँ घोडाँबाधे, नरेठाँटी हुँदै गलकोट पुगेको सडकमार्गमा सुरुङमार्ग बनाउँदा करिब डेढ घण्टा यात्रा छोट्टिनेछ । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ८, २०७९  ११:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement