site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
भारतको जितमा सुनील क्षेत्रीको गोल
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतले एएफसी एसियन कप छनोट प्रतियोगितामा शनिबार राति अफगानिस्तानलाई २–१ ले हाएको छ । जारी छनोट प्रतियोगितामा भारतको यो लगातार दोस्रो जित हो । 

यसअघि भारतले कम्बोडियालाई २–० ले हराएको थियो । कोलकाताको विवेकानन्द युवा भारती क्रिराङ्गन रंगशालामा घरेलु टोली भारतले गोलका लागि ८६ मिनेटसम्म कुर्नु परेको थियो । ८६औं मिनेटमा कप्तान सुनील क्षेत्रीको गोलबाट भारतले अग्रता लिएको थियो । 

यससँगै सुनिलको अन्तर्राष्ट्रिय गोलसख्या ८३ पुगेको छ । हाल फुटबल खेलिरहेका मध्ये सुनील धेरै गोल गर्नेमा तेस्रो स्थानमा छन् । उनीभन्दा अगाडि क्रिष्टियानो रोनाल्डो र लियोनल मेसीमात्र छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसको दुई मिनेट वित्न नपाउँदै अफगानिस्तानका जुबाएर अमिरीले बराबरी गोल फर्काए । इन्जुरी समयमा सहल समादले गरेको गोल भारतको जितमा निर्णायक बन्यो । 

जितसँगै एएफसी एसियन कप छनोट प्रतियोगिताको समूह ‘डी’मा रहेको भारतले दुई खेलबाट ६ अंक जोडेको छ । समान ६ अंक जोडेको हङकङ शीर्ष स्थानमा छ । अफगानिस्तान र कम्बोडियाले अंक जोड्न सकेका छैनन् । आजै सम्पन्न अर्को खेलमा हङकङले कम्बोडियालाई ३–० ले हरायो । हङकङ र भारतबीचको खेलले समूह विजेता टुंगो लगाउनेछ । 

Global Ime bank

माल्दिभ्स, श्रीलंका र बंगलादेश पराजित

समूह ‘सी’मा माल्दिभ्स र श्रीलंका दुबै पराजित भएका छन् । माल्दिभ्सले उज्वेकिस्तानलाई ४–० को नतिजा सुम्पियो भने श्रीलंकाले थाइल्यान्डलाई २–० ले हरायो । 

समान ६ अंक जोडेका उज्वेकिस्तान र थाइल्यान्ड क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । श्रीलंका र माल्दिभ्स अंकबिहीन छन् । श्रीलंका पहिलो खेलमा उज्वेकिस्तानसँग ३–० ले पराजित भएको थियो । माल्दिभ्स पनि थाइल्यान्डसँग ३–० कै नतिजामा पराजित भएको थियो । 

दक्षिण एसियाको अर्को टोली बंगलादेश पनि पराजित भएको छ । समूह ‘ई’मा रहेको बंगलादेश तुर्किमिनिस्तानसँग २–१ ले हारेको थियो । उक्त समूहको अर्को खेलमा बहराइनले मलेसियालाई २–१ ले हरायो । समूह ‘एफ’मा ताजिकिस्तानले सिंगापुरलाई १–० ले हराउँदा कीर्गिस्तानले म्यानमारलाई २–० ले हरायो । 

समूह ‘बी’मा प्यालेस्टाइनले यमनलाई ५–० ले हराउँदा फिलिपिन्सले मंगोलियालाई १–० ले पराजित गरेको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  ०१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय