site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कमल थापाको प्रश्न : फागुन ७ गते अघिसम्म म ठीक, त्यसपछि कसरी बेठीक ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नियोजित समूहले बारम्बार आफ्नो चरित्र हत्या गर्न लागि परेको बताएका छन् । 

बुधबार हेटौडामा वाग्मती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले राप्रपा नेपाललाई कमजोर बनाउन अत्यन्तै ठूलो भ्रम सिर्जना गर्ने काम भइरहेको बताए । “फागुन ७ अघि कमल थापा सबै ठीक महान् थियो । तर, ७ गतेपश्चात् कमल थापा अत्यन्तै आपत्तिजनक भयो,” उनले भने,“हाम्रा विरुद्धमा भ्रम सिर्जना गरिएको छ । आजकाल सामाजिक सञ्जाल प्रत्येक व्यक्तिको हातमा पुगेको छ । अनेक माध्यमबाट भ्रमहरू सिर्जना गरेर हामीलाई कमजोर बनाएर चरित्र हत्या गर्ने बदनाम गराउने प्रयास भएको छ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

अध्यक्ष थापाले पार्टी र आफूलाई कमजोर बनाउने प्रयास भइरहे पनि केही समयपश्चात् राष्ट्रिय राजनीतिमा तीव्र गतिमा अघि बढ्ने बताए । साथै, जनताले आफूलाई अघात विश्वास र साथ दिएको भन्दै धन्यवाद दिए ।


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  १७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement