site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आर्थिक वृद्धिदर ५.८४ प्रतिशत रहने अनुमान, जीडीपी साढे ४८ खर्ब
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालको अर्थतन्त्रको साइज ४८ खर्ब ५१ अर्ब पुगेको छ । शनिबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा पेस गरेको आर्थिक सर्वेक्षण, २०७८/७९ मा  चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने उल्लेख छ ।

“कोभिड १९ महामारीको प्रभाव क्रमशः न्यून हुँदै गएको तथा ऊर्जा क्षेत्रको विस्तार उत्साहप्रद रहेको कारण आर्थिक वर्ष २०७८/७९ मा नेपालको अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने अनुमान रहेको छ । गत आर्थिक वर्षमा यस्तो विस्तार ४.२५ प्रतिशत रहेको थियो,” आर्थिक सर्वेक्षणमा भनिएको छ, “चालु आर्थिक वर्ष २०७८/७९ मा कृषि, उद्योग र सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि क्रमशः २.३ प्रतिशत, ८.१ प्रतिशत, र ६.६ प्रतिशतले वृद्धि हुने अनुमान रहेको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, आर्थिक वर्ष २०७८/७९ को कुल मूल्य अभिवृद्धिमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २३.९ प्रतिशत, १४.३ प्रतिशत र ६१.८ प्रतिशत रहेको जनाएको छ । आर्थिक वर्ष २०७८/७९ को कुल गार्हस्थ्य उत्पादन (उपभोक्ताको मूल्यमा) ४८ खर्ब ५१ अर्ब ६२ करोडमा वाग्मती प्रदेशको अंश सबैभन्दा बढी ३६.९ प्रतिशत र कर्णाली प्रदेशको सबैभन्दा कम ४.१ प्रतिशत रहने उल्लेख छ ।

चालु आवमा प्रदेशगत कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर प्रदेश नम्बर १ मा ५.४१ प्रतिशत, मधेस प्रदेशमा ४.८२ प्रतिशत, वाग्मतीमा ६.७४ प्रतिशत, गण्डकी प्रदेशमा ६.१७ प्रतिशत, लुम्बिनी प्रदेशमा ५.३६ प्रतिशत, कर्णालीमा ५.४७ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ४.९२ प्रतिशत हुने अनुमान छ ।

Global Ime bank

१८ हजार रुपैयाँले बढ्यो प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन
एक वर्षको अवधिमा नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १८ हजार ७७ रुपैयाँले वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८ मा प्रचलित मूल्यको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन एक लाख ४६ हजार ५२१ रहेकामा  चालु आवमा १२.३ प्रतिशतले बढेर एक लाख ६४ हजार ५९८ पुग्ने अनुमान रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

यस्तै, चालु आवमा नेपालीको प्रतिव्यक्ति आय एक हजार ३८१ अमेरिकी डलर पुगेको छ । आर्थिक वर्ष २०७८/७९ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आयको वृद्धिदर दोहोरो अंकको रहँदै आर्थिक वर्ष २०७७/७८ मा प्रचलित मूल्यको प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार २४६ अमेरिकी डलर रहेकामा एक हजार ३८१ अमेरिकी डलर पुग्ने अनुमान रहेको उल्लेख छ ।  चालु आर्थिक वर्षमा प्रतिव्यक्ति राष्ट्रिय खर्चयोग्य आय भने एक हजार ६८३ अमेरिकी डलर पुग्ने अनुमान सरकारले गरेको छ ।

दुई खर्ब २८ अर्ब लगानी स्वीकृत : यस्तो छ आर्थिक सर्वेक्षण (पूर्णपाठ)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९  २२:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !