site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
दुई खर्ब २८ अर्ब लगानी स्वीकृत : यस्तो छ आर्थिक सर्वेक्षण (पूर्णपाठ)
Sarbottam CementSarbottam Cement

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म दुई खर्ब २८ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण, २०७८/०७९ अनुसार गएको फागुनसम्म लगानी बोर्डमार्फत १० खर्ब ८९ अर्ब १२ करोड ८९ लाख र उद्योग विभागमार्फत तीन खर्ब ९६ अर्ब ५३ करोड लगानी स्वीकृत भएको छ ।

फागुनसम्म दर्ता भएका कम्पनीको संख्या दुई लाख ८३ हजार ३५८ छ । प्रदेशगत रूपमा वाग्मती प्रदेशमा सबैभन्दा बढी ७०.७ प्रतिशत कम्पनी दर्ता भएका छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा १.२ प्रतिशत कम्पनी दर्ता छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

०७८ फागुनसम्म राष्ट्रिय खाद्य सुरक्षा भन्डारमा २१ हजार ३३९ मेट्रिक टन र सार्क खाद्य सुरक्षा बैंकमा आठ हजार मेट्रिक टन खाद्यान्न मौज्दात थियो ।

सन् २०२० मा दुई लाख ३० हजार ८५ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२१ मा यो संख्या ३४.३ प्रतिशतले घटेर एक लाख ५० हजार ९६२ छ । सन् २०२१ मा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकबाट १३ अर्ब ५० करोड ११ रुपैयाँ लाख विदेशी मुद्रा आर्जन भएको छ ।

Global Ime bank

०७८ फागुनसम्म वैकल्पिक ऊर्जासहित ९४.० प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको छ । गएको फागुनसम्म कुल जडित विद्युत् क्षमता ०७८ असारको तुलनामा ३०.९ प्रतिशतले वृद्धि भई दुई हजार २०५ मेगावाट पुगेको छ । ०७८ असारसम्म कुल जडित विद्युत् क्षमता एक हजार ६८५ मेगावट थियो । प्रतिव्यक्ति विद्युत् खपत २७० किलोवाट घण्टा पुगेको छ ।

०७८ फागुनसम्म १६ हजार ९३९ किलोमिटर कालोपत्र, आठ हजार १११ किलोमिटर खण्डास्मित र आठ हजार ८२१ किलोमिटर कच्ची सडक गरी राष्ट्रियस्तरका सडकको लम्बाइ ३३ हजार ८७१ किलोमिटर पुगेको छ । गएको फागुनसम्म प्रादेशिक तथा स्थानीयस्तरका कच्ची, खण्डस्मित र कालोपत्र गरी ६४ हजार ६१७ किलोमिटर सडक सञ्जाल पुगेको छ । ०७८ फागुनसम्म ७३२ स्थानीय तह राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन् ।

पूर्णपाठ पढ्नोस्-

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९  २१:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement