site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सेन्ट लरेन्स कलेजको शिक्षकलाई कारबाही गर्न नेविसंघको माग 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले काठमाडौंको सेन्ट लरेन्स कलेजको शिक्षकद्वारा छात्रामाथि भएको यौन दुव्र्यवहारको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । 

संघका अध्यक्ष दुजाङ शेर्पाले मंगलबार विज्ञप्ति जारी गर्दै कलेजमा शान्त, स्वच्छ र भयरहित वातावरणमा पढ्न पाउने विद्यार्थीको नैसर्गिक अधिकार उक्त घटनाले हनन गरेको लेखेका छन् । साथै, उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न संघले माग गरेको छ । 

विज्ञप्तिमार्फत संघले सबै विद्यालय तथा क्याम्पस प्रशासनलाई विद्यार्थीहरूलाई भयरहित तथा शान्तिपूर्ण वातावरणमा अध्ययन गर्न पाउने वातावरणको सिर्जना गर्न माग गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १७:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement