site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दोलखामा टिपरको ठक्करबाट वृद्धको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–७, खानीगाउँमा टिपरको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ । स्थानीय ७० वर्षीय लालबहादुर विकको मृत्यु भएको हो ।

हिजो साँझ करिब ५ बजे गुरुम्फिबाट खानीगाउँतर्फ जाँदै गरेको बा५ख ३११७ नम्बरको टिपरले पैदलयात्री वृद्धलाई ठक्कर दिएको थियो । टिपर चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय गौरीशंकरले जनाएको छ ।

Agni Group
NIC Asia

ट्याक्टरबाट खसेर मृत्यु
सिराहाको गोलबजार नगरपालिका–६, लभटोलीमा हिजो साँझ ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ । स्थानीय १६ वर्षीय रामरिजन सदायको मृत्यु भएको हो ।

ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा गोलबजारस्थित लौङ लाइफ अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

Global Ime bank

सोमबार बेलुका करिब ५ बजे प्रदेश २–०१–००१ त ०६७५ नम्बरको ट्याक्टरबाट सदाय खसेका थिए । उनी त्यसमा सवार थिए । ट्याक्टरसहित चालकलाई इलाका प्रहरी कार्यालय गोलबजारले नियन्त्रणमा लिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १०:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय