site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
डोटी बस दुर्घटना : एक बालक बेपत्ता, १३ जना घाइते
Sarbottam CementSarbottam Cement

काडमाडौं । डोटीको शिखर नगरपालिका–१, गेरुपानीमा आज बिहान यात्रीवहाक बस दुर्घटना हुँदा एक बालक बेपत्ता भएका छन् । १३ जना घाइते छन् ।

बस सडकबाट सेती नदीको किनारमा खसेको हो । बेपत्ता भएका अछामको चौरपाटी गाउँपालिका–६ का सुरेन्द्र शाहीको १८ महिनाका छोरा सुजनको खोजी भइरहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

घाइते भएका सबैजनालाई उपचारका लागि डोटीस्थित शैलेश्वरी अस्पतालमा पठाइएको छ । घाइतेमध्ये बसधनी अछामको साँफेबगर नगरपालिका–२ का ५६ वर्षीय डबल शाहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

कैलालीको धनगढीबाट अछाम जाँदै गरेको ना५ख ९६६३ नम्बरको बस आज बिहान करिब सवा ५ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी ७० मिटर तल सेती नदीको किनारमा खसेको हो । बस चालक फरार भएकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  १३:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय