site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पाल्पामा पत्रकार, शिक्षक र स्वास्थ्यकर्मी सबै चुनावी मैदानमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पाल्पामा स्थानीय तहको निर्वाचनमा पत्रकार, शिक्षक र स्वास्थ्यकर्मी चुनावी मैदानमा उत्रिएका छन् । यही वैशाख ३० गते हुने निर्वाचनका लागि जिल्लामा गाउँपालिका अध्यक्ष र वडाध्यक्षमा उनीहरु उम्मेदवार बनेका हुन् ।

नेपाल पत्रकार महासङ्घ पाल्पाका निवर्तमान अध्यक्ष राजेशकुमार अर्याल नेकपा (एमाले)बाट तानसेन नगरपालिका–९ को वडाध्यक्षमा उम्मेदवार बनेका छन् । एमालेबाटै तानसेन–८ मा सोमनाथ अर्याल र ओमप्रकाश गैरे बगनासकाली गाउँपालिका–५ को वडाध्यक्षको उम्मेदवार बनेका छन् । यसैगरी, बेगनासकाली गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट अम्बिका पाण्डेले उम्मेदवारी दिएकी छन् ।

आसन्न निर्वाचनमा दुई प्रधानाध्यापक र दुई स्वास्थ्यकर्मी राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा होमिएका छन् । माथागढी गाउँपालिकामा एमालेबाट पालिका अध्यक्षमा सि.अहेबबाट राजीनामा दिएका यमबहादुर चिदी र उपाध्यक्षमा अनमीबाट राजीनामा दिएकी विष्णुमाया लुङ्चे उम्मेदवार बनेका छन् । राजीनामा दिनुअघि चिदी जिल्लास्थित स्वास्थ्य बीमा बोर्ड प्रमुखका रुपमा कार्यरत थिए । लुङ्चे भने माथागढी गाउँपालिकाको गोठादी स्वास्थ्य चौकीमा अनमी पदमा कार्यरत थिइन् ।

पूर्वखोला–५ स्थित गणपति माविका प्रधानाध्यापक विष्णु पल्ली शिक्षकबाट राजीनामा दिएर एमालेबाट वडाध्यक्षमा उम्मेदवार बनेका छन् । यस्तै, रामपुर नगरपालिका–९ को प्रगतिशील प्राथमिक विद्यालयका प्रधानाध्यापक नेत्र गाहा पनि एमालेबाट रामपुर–९ मा वडाध्यक्षमा उम्मेदवार छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  १०:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय