site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नवलपुरको चुनावी अभियानमा अर्बपति नेता चौधरी
Sarbottam CementSarbottam Cement

नवलपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई विजय गराउन आफ्नो गृह जिल्ला नवलपुरको निर्वाचन अभियानमा खटिएका छन् । जिल्लाका आठवटै स्थानीय तहमा नेपाली कांग्रेस र गठबन्धनका उम्मेदवारहरूलाई जिताउन उनी निर्वाचन अभियानमा होमिएका हुन् ।

नेता चौधरी अहिले गठबन्धनका उम्मेदवारहरूको नेतृत्व गर्दै नवलपुरका घरदैलो कार्यक्रममा सक्रिय छन् । जिल्लाका विभिन्न ठाउँहरूमा आयोजित चुनावी कोणसभाहरूलाई सम्बोधन गर्दै नेता चौधरी जिल्लाका दुर्गम गाउँहरूमासमेत पुगेर जनतासँग भेटघाट गर्ने, उनीहरूका समस्या बुझ्ने र ती समस्या समाधानका लागि ठोस पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नवलपुरलाई नमुना जिल्ला बनाउन विकास योजना सार्वजनिक गरिसकेका चौधरीले स्थानीय समस्यालाई यस योजनामा समावेश गरेर दिगो विकासको आधार तयार गर्ने रणनीति बनाईरहेका छन् । 

Global Ime bank

नवलपुर जिल्लामा मध्यविन्दु, कावासोती, देवचुली र गैडाकोट गरी चार नगरपालिका र बौदीकाली, हुप्सेकोट, विनयी त्रिवेणी र वुलिङ्गटार गरी चार गाउँपालिका रहेका छन् । 

स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बौदीकाली गाउँपालिकाको प्रमुखमा के.बी राना, हुस्पेकोटमा लक्ष्मीदेवी पाण्डे, विनय त्रिवेणीमा डम्बर बहादुर जिसी, वुलिङटारमा शशि किरण बस्ताकोटी, मध्यविन्दु नगरपालिकामा सुर्यबहादुर गुरुङ्ग, कावासोती नगरपालिकामा महेन्द्र पोखरेल, गैडाकोटमा मदनभक्त अधिकारी, देवचुलीमा अशोक बस्ताकोटी नेतृत्वमा गठबन्धन निर्वाचन लडेको छ ।

“विनोद चौधरीलाई हामी अन्य नेताहरूजस्तो चुनावको बेलामा आकाशको तारा झारिदिने र त्यसपछि केही नगर्ने नेताका रूपमा लिएका छैनौँ । उनका विकासका प्रतिबद्धताले नवलपुर जिल्ला र हामी नवलपुरवासीलाई नै गौरवान्वित गराउनेछ भन्नेमा विश्वस्त छौँ’, देवचुली नगरपालिका वडा नम्बर ७ निवासी मतदाता हर्कबहादुर सोमैले भने, “अहिलेको चुनाव हाम्रा लागि विशेष छ किनभने विनोद चौधरीजस्ता देशलाई नै ठूलो योगदान पुर्याएका नेता हाम्रो घरदैलोमा भोट माग्न आएका छन् । उनले हाम्रा लागि पक्कै पनि राम्रो काम गरेर देखाउनेछन् ।”

मध्यविन्दु नगरपालिका वडा नम्बर ३ का मतदाता शिवलाल श्रेष्ठ पनि आफ्नो जिल्लाको अहिलेको चुनावी अभियानलाई फरक ढंगले हेरिरहेको बताउँछन् । “नवलपुर जिल्ला वास्तवमा बत्ति मुनिको अध्यारोमा रहँदै आएको छ । देख्दा धेरै विकसित जस्तो देखिन्छ तर यो जिल्ला वास्तवमै अविकसित छ”, श्रेष्ठ भन्छन्, “देशका एकमात्र अर्बपति विनोद चौधरीलाई हाम्रा नेताको रूपमा पाएका छौँ । जिल्लाको विकासका लागि अहिले उनले जे भनिरहेका छन् मलाई विश्वास छ, गरेर देखाउनेछन् । नवलपुर जिल्लाले आफ्नो पुरानो पहिचान बदल्नेछ ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  १८:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement