site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

वीरगन्ज । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी बारा र पर्साका नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको टोलीले उच्च सुरक्षा सतर्कता अपनाएको छ । निर्वाचनका बेला सीमा क्षेत्रमा हुन सक्ने  आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले दुवै जिल्लाका सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल १३ नं. गणका अनुसार मातहातका सबै  सुरक्षा शाखालाई परिचालन गरी सीमा क्षेत्रमा निगरानी गर्दै आएको गणका प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

यता, बारा जिल्लामा पनि सशस्त्र प्रहरीले चुनावका बेलामा सीमा क्षेत्रमा निगरानी थालेको छ । सीमा क्षेत्रमा हुन सक्ने सबै प्रकारका आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्लास्थित सशस्त्र प्रहरी बल १२ नं गणका प्रहरी उपरीक्षक राजेन्द्र थापाले जानकारी दिए ।

पर्सा तथा बारास्थित जिल्ला सशस्त्र प्रहरी गण मातहात सुरक्षा बेस,  सीमा सुरक्षा पोस्ट (बीओपी) र सीमा निगरानी पोस्ट (एफओबी)  निर्वाचनका बेलामा शान्ति सुरक्षामा क्रियाशील रहेका छन्  ।

Global Ime bank

सुरक्षाकर्मीद्वारा प्रचार सामग्री हटाइँदै
पर्सा जिल्लाका विभिन्न स्थानमा स्थानीय तह निर्वाचनअन्तर्गत उमेदवारको प्रचारप्रसारका लागि सार्वजनिकस्थलमा टाँगिएका पोस्टर पम्प्लेट, ब्यानर तथा पार्टीका झन्डा हटाउन थालिएको छ । बिजुलीको पोल, विद्यालय, चोक–चौराहालगायत सार्वजनिकस्थलमा निर्वाचन आचारसंहिताविपरीत राखिएका निर्वाचन सामग्री सुरक्षा निकायको टोलीले हटाउन थालेको हो ।

जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा उमेदवारले पनि पार्टी कार्यालयबाहेक सार्वजनिकस्थलमा राखिएको निर्वाचन प्रचार सामग्री हटाउने प्रतिबद्धता व्यक्त गरे पनि ती सामग्री उमेदवार र दल स्वयंले नहटाएका कारण सुरक्षाकर्मीले हटाउन सुरु गरेका हुन् । प्रमुख राजनीतिक दलका उमेदवारले सार्वजनिकस्थलमा राखेका पार्टीको झन्डा, ब्यानर, तुललगायत प्रचार सामग्री हटाउने यसअगावै प्रतिबद्धता जनाइसकेका थिए ।

पर्सामा १६७ मतदानस्थल र ४०४ वटा मतदान केन्द्र निर्धारण गरिएको छ  । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १६:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement