site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पोखराको मेयरको टिकट खोसिएका पौडेलले भने– ओलीलाई भ्रममा पार्ने प्रयास भयो
Sarbottam CementSarbottam Cement

पोखरा । सोमबार बिहानसम्म एमालेबाट पोखराको मेयर उम्मेदवार दीपक पौडेल थिए । तर, सोमबार बिहान उनको सट्टामा प्रदेशसभा सदस्य कृष्णबहादुर थापाको नाम आयो । थापाले सोमबार बिहानै राजीनामा दिई मेयरमा उमेदवारी दर्ता गराए ।

शनिबार एमालेले मेयरमा अगाडि सारेका पौडेलले चाहिँ उमेदवारी दर्ता पनि गर्न पाएनन् । त्यसको कारण थियो– सुनकाण्डले चर्चित एक सीसीटीभी फुटेज ।

सामाजिक सञ्जालमा भाइरल भएको फुटेजमा एक व्यक्तिले पोखराको एक सुन पसलबाट औँठी झिकेर गोजीमा हालेको देखिन्छ । त्यो 'औँठी गोजीमा हाल्ने व्यक्ति नै पौडेल हुन्' भन्दै आइतबार एमालेकै एक खेमाले भाइरल बनायो ।

Prabhu Bank
Agni Group
NIC Asia

कास्की एमाले नेता तथा संगठन विभाग प्रमुख खगराज अधिकारीको गृहजिल्ला पनि हो । अधिकारीले पोखराको मेयर थापालाई बनाउन चाहन्थे । तर, एमालेले मेयरमा पौडेललाई अघि सारेपछि आइतबार भारल भिडियोमा पौडेलको नाम जोडियो । त्यसपछि पौडेलमाथि प्रश्न उठ्न थाल्यो ।

सोही भिडियोको कारण पौडेलको टिकट खोसियो र थापाले उमेदवारी दर्ता गराए ।

Global Ime bank

उमेदवारी दर्तापछि सोमबार फेसबुकमा पौडेलले विज्ञप्ति जारी गरेका छन् ।

उनले आफूले कामको श्रेष्ठताको आधारमा टिकट पाएको उल्लेख गरेका छन् । तर, पार्टीकै षड्यन्त्रकारी तत्वले दुराग्रह राखी चारवर्ष अगाडिको भिडियो राखेर चरित्रहत्या गर्न खोजेको आरोप लगाएका छन् । उक्त भिडियो जोडेर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पनि भ्रममा पार्ने प्रयास गरेको उनले उल्लेख गरेका छन् ।

पौडेलले जारी गरेको विज्ञप्ति :

कामको श्रेष्ठताको आधारमा टिकट पाएँ ।

केही आफ्नै पार्टीका षड्यन्त्रकारी तत्वहरूले दुराग्रह भावना राखी चार वर्ष अगाडिको झुट सम्पादित भिडियो बनाई चरित्र हत्या गर्न खोजे । पार्टी अध्यक्ष केपी शर्मा वलीलाई भ्रममा पार्ने दुस्प्रयास गरे । मलाई वैशाख १० गते पार्टीको आधिकारिक सचिवालय बैठकले मेयर पदको उमेदवार बनाएको थियो । पार्टी अध्यक्षज्युले टेलिफोन गरी उपयुक्त समयमा कुनै जिम्मेवारी बहन गर्ने गरि निर्णय परिवर्तन गर्न सुझाव माग्नु भयो । म पार्टीको इमानदार सिपाही भएको हुँदा पार्टीले गर्ने जुनसुकै निर्णय शिरोपर गर्ने वचनबद्धता प्रकट गरे । 

तर, पार्टीको सचिवालय बैठकको निर्णय विपरीत आएको अप्रत्याशित निर्णयप्रति भने असहमति प्रकट गर्दछु । पार्टी कमिटीको अन्तिम आधिकारिक निर्णयविरुद्ध भएको कार्य पार्टी कमिटीबाटै बहस गर्ने नै छु ।

मेरो बारेमा आएका केही भ्रमपुर्ण समाचार सर्वथा झुट रहेको व्यहोरा सबै जनसमुदाय समक्ष प्रकट गर्दछु । यदि कुनै कमीकमजोरी भए पार्टी तथा सम्बन्धित निकायबाट छानबिन गर्न अपिल गर्दछु ।

मैले पद पाउन भनेर अर्कालाई होच्याउने कार्य कहिल्यै गरिन । अर्कालाई मिथ्या आरोप लगाएर पदको लागि मरिहत्ते गर्ने हर्कतविरुध्द म जीवनभर संघर्ष गरिरहनेछु ।मलाई शुभेच्छा प्रकट गर्ने हजारौँ जनसमुदाय तथा आफन्तजनप्रति आभार प्रकट गर्दै ,गलत प्रवृत्तिकाविरुद्ध सदाझै पार्टीमा रहेर संघर्ष गर्ने प्रण गर्दै यो प्रेस विज्ञप्ति जारी गर्दछु ।

दिपक पौडेल

सचिवालय सदस्य, नेकपा एमाले 

गण्डकी प्रदेश

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  २०:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय