site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मुख्यमन्त्री महिला गोल्डकपको उपाधि पुलिसलाई 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल पुलिस क्लबले शनिबार अर्को विभागीय क्लब सशस्त्र प्रहरी बल (एपीएफ)लाई १–० ले हराउँदै मुख्यमन्त्री राष्ट्रिय महिला गोल्डकपको उपाधि जितेको छ । 

कैलालीको धनगढीस्थित रंगशालामा नेपाल पुलिसलाई जिताउन निर्मला विकले इन्जुरी समयमा गरेको गोल निर्णायक बन्यो । वनदेवी युवा क्लबले आयोजना गरेको प्रतियोगिता पुलिसकी निर्मला प्लेयर अफ द म्याच घोषित भइन् । उपाधिसँगै पुलिस क्लबले ५ लाख रुपैयाँ नगद पुरस्कार जित्यो । 

Prabhu Bank
Agni Group
NIC Asia

उपविजेता एपीएफले दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो । प्रतियोगितामा नेपाल पुलिस क्लबकी निर्मला सर्वोकृष्ट खेलाडी पनि घोषित भइन् । सर्वोत्कृष्ट घोषित निर्मलाले ५० हजार रुपैयाँ पुरस्कार जितिन् ।

विधागत पुरस्कारमा पुलिसको दबदबा रह्यो । पुलिसकी पूजा राना उत्कृष्ट रक्षक, उषा नाथ उत्कृष्ट गोलरक्षक र सन्जिव जोशी उत्कृष्ट प्रशिक्षक बने । एपीएफकी सावित्रा भण्डारी सर्वाधिक गोल गर्ने खेलाडी बनिन् भने सरु लिम्बू उत्कृष्ट मिडफिल्डर घोषित भइन् । 
विधागत रुपमा उत्कृष्ट सबैले जनही १० हजार रुपैयाँ नगद पुरस्कार पाए । 

Global Ime bank

वैशाख ०३ गतेबाट भएको प्रतियोगितामा तीन विभागीयसहित कुल आठ टोलीको सहभागिता थियो । धनगढीमा दिउँसो अत्यधिक गर्मी हुने भएकोले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता शनिबार राति १० बजे सम्पन्न भएको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  ०६:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय