site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मन्त्री रेग्मी उपचारपछि वीर अस्पतालबाट डिस्चार्ज
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी स्वास्थ्य उपचारपछि डिस्चार्ज भएकी छन् । काठमाडौंको वीर अस्पतालमा पाँच दिनसम्म टाउकोमा जमेको रगतको उपचारपछि आइतबार साँझ डिस्चार्ज भएकी हुन् ।

अस्पतालबाट बाहिरिने क्रममा मन्त्री रेग्मीले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रतिक्रिया दिइन् । साथै, उनले उपचारमा सहयोग गर्ने चिकित्सक, नर्स, अस्पताल प्रशासनलगायत सम्पूर्णलाई धन्यवादसमेत दिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

केही दिनअघि राति सुत्ने बेलामा अचानक टाउको ठोक्किएको र एमआरआई गराउँदा टाउकोमा रगत जमेको देखिएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको थियो ।

ज्वरो र बान्ताका कारण स्वास्थ्यमा अपेक्षित सुधार नदेखिएपछि पाँच दिनसम्म अस्पतालमै राखेर उपचार गर्नुपरेको मन्त्रीका स्वकीयसचिव हिमांक भण्डारीले बताए । मन्त्री रेग्मीलाई चिकित्सकले एक हप्ता निवासमै आराम गर्न सुझाव दिएका छन् । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  ०६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement