site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
युभेन्टस बराबरीमा रोकियो
Sarbottam CementSarbottam Cement

काठमाडौं । इटालियन सिरी ‘ए’मा शनिबार राति ९ खेलाडीमा सिमित बोलोग्नासँग १–१ को बराबरीमा रोकिएपछि युभेन्टसको अर्को सिजन च्याम्पियन्स लिग खेल्ने अभियानमा धक्का लागेको छ । 

युभेन्टसको घरेलु मैदानमा बोलोग्नाले मार्को अर्नाटोभिचको गोलबाट ५२औं मिनेटमा अग्रता लिएको थियो । ८४औं मिनेटमा एडमा सौमारोले रातो तथा ग्यारी मेडेले दोस्रो पहेँलो कार्डको सामना गरेपछि युभेन्टसको जित्ने आशा जागेको थियो । आठ मिनेट इन्जुरी समयको पाँचौं मिनेटमा डुसान भ्लाहोभिचले गोल गरेपछि युभेन्टस बराबरी गर्न सफल भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

बराबरीपछि ३३ खेलबाट ६३ अंक जोडेको युभेन्टस चौथो स्थानमा छ । जुन तेस्रो स्थानको नापोलीभन्दा तीन अंक र पाँचौं स्थानको एएस रोमाभन्दा ६ अंकले माथि हो । तथापि, युभेनटसले एक खेल बढी खेलेको छ । बोलोग्ना भने ३८ अंकका साथ १३औं स्थानमा छ । 

गएराति नै सम्पन्न अर्को खेलमा छैटौं स्थानको फियोरेन्टिनाले रेलिगेशन क्षेत्रमा रहेको भेनेजियालाई १–० ले हरायो । १२औं स्थानको युडिनेसले १४औं स्थानको इम्पोलीलाई ४–१ ले हरायो । १६औं स्थानको साम्पडोरिया पुछारको टोली सालेर्निटानासँग २–१ ले पराजित भयो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९  ०८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement