काठमाडौं । मानसिक अस्वस्थताका अधिकांश लक्षणहरु १४ वर्षको उमेरभन्दा अगाडि नै देखा पर्दछन् । ठीक समयमा पहिचान र उपचार भएमा धेरैजसो मानसिक समस्या व्यवस्थापन गर्न सकिनेछ ।
अभिभावकले बालबालिका तथा किशोरकिशोरी उमेरमा छोराछोरीलाई उनीहरुका भावना खुलेर भन्ने वातावरण मिलाइदिनुपर्छ । उनीहरुलाई आफ्ना कुराहरु शेयर गर्न अभिप्रेरित गर्नु पर्दछ । साथै मानसिक स्वास्थ्यबारे बुझाइमा सुधार ल्याउनु पनि आवश्यक हुन्छ ।
यदि, आफ्ना बालबालिकामा कुनै पनि मानसिक अप्ठ्याराहरु देखिएमा यी नम्बरमा कल गरी निःशुल्क परामर्श लिन सकिने युनिसेफले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मनोसामाजिक हेल्पलाइनहरू –१६६००१२१६००, ११६६
टीपीओ नेपाल – १६००१०२००५
कान्ति बाल अस्पताल – ९८०८५२२४१०, १६६००११०६६६
त्रिवी शिक्षण अस्पताल – ९८४९६३०४३०, ९८४००२१६००