site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
विदेशी राजदूतले नेपालको फोहोरबाट बिजुली निकाल्छु भनेका छन् : प्रधानमन्त्री देउवा
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशी राजदूत नेपालको फोहोरबाट बिजुली निकाल्न तयार भएको बताएका छन् ।

मंगलबार सहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठीलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हु्न् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने, “काठमाडौंको फोहोर व्यवस्थापन गरेर बिजुली निकाल्ने सम्भावना छ । विदेशी राजदूतले पनि नेपालको फोहोरबाट बिजुली निकाल्न तयार छौँ भनेका छन् ।

सो क्रममा उनले काठमाडौंको खाली जग्गा भूमाफियाले कब्जा गरेको बताएका छन् । 

Global Ime bank

प्रधानमन्त्री देउवाले काठमडौंमा फोहोरको समस्या जटिल बन्दै गएको बताउँदै फोहोरबाट विद्युत् र ग्यास निकालेर व्यवस्थापन गर्नुपर्ने बताए ।

“फोहोर व्यवस्थापन हुन नसक्दा सरकार नै लाजमर्दो भइरहको छ । काठमाडौंको फोहोर व्यवस्थापन भएको छैन । फोहोर थुप्रिएको छ । फोहोर व्यवस्थापन गर्न जरुरी छ । ग्यास निकाल्न सकिन्छ, बिजुली निकाल्न सकिन्छ । मैले धरानमा म आफैँले देखेर आएको छु ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८  १३:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement