site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेइमार र एमबाप्पेको ह्याट्रिकमा पीएसजीको शानदार जित
Tiktok banner adTiktok banner ad

काठमाडौं । काइलियन एमबाप्पे र नेइमार दुबैले ह्याट्रिक गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शनिबार राति फ्रेन्च लिग वानमा क्लेरमोन्ट फुटमाथि ६–१ को सहज जित निकालेको छ । 

जितसँगै पीएसजीले शीर्ष स्थानमा १५ अंकको अग्रता लिएको छ । लिगमा अब सात चरणको खेल बाँकी हुँदा पीएसजीले ३१ खेलबाट ७१ अंक जोडेको छ । दोस्रो स्थानको रेनेसले समान खेलबाट ५६ अंक जोडेको छ । पराजित क्लेरमोन्ट फुट भने २८ अंकका साथ १७औं स्थानमा छ । 

लियोनल मेसीको पासमा नेइमाले गरेको गोलबाट पीएसजीले छैटौं मिनेटमा अग्रता लिएको थियो । मेसीकै पासमा एमबाप्पेले १९औं मिनेटमा अग्रता दोब्बर बनाए । ४२औं मिनेटमा जोडेल डोसोउको गोलबाट क्लेरमोन्ट फुटले पुनरागमनको प्रयास गरे पनि दोस्रो हाफमा कमजोर प्रदर्शन गरेपछि सफल हुन सकेन । 

७१औं मिनेटमा पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गरेका नेइमारले ८३औं मिनेटमा ह्याट्रिक गरेका थिए । त्यसअघि एमबाप्पेले ह्याट्रिक गरेका थिए । एमबाप्पेले ७४औं मिनेटमा दोस्रो गोल गरेका थिए भने ८० औं मिनेटमा ह्याट्रिक गरेका थिए । 

पीएसजीको यो लगातार दोस्रो जित हो भने क्लेरमोन्टको यो लगातार पाँचौ हार हो । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  ०८:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro