site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
जनकपुर र राजविराज टी–२० मेयरकपको फाइनलमा
Sarbottam CementSarbottam Cement

विराटनगर । जनकपुर उपमहानगर र राजविराज नगरपालिका विराटनगरमा जारी प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगिताका फाइनलमा प्रवेश गरेका छन् । 

विराटनगर महानगरपालिकाको आयोजना तथा होराइजन क्रिकेट क्लबको संयोजनमा भइरहेको प्रतियोगिताअन्तर्गत शुक्रबारको खेलमा विजयी भई राजविराज र जनकपुर फाइनलमा पुगेका हुन् । विराटनगर–१९ स्थित बैजनाथपुर खेल मैदानमा आज (शुक्रबार) भएको पहिलो सेमिफाइनल खेलमा राजविराजले आयोजक विराटनगर महानगरपालिका र जनकपुरले वीरगञ्ज महानगरपालिलाई पराजित गरेको हो ।

पहिलो खेलमा सप्तरीको राजविराजले विराटनगरलाई ४६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १३७ रनको विशाल स्कोर खडा गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

राजविराजका लागि अमित यादवले २७ रन बनाउँदा विकास दासले ११ बलमा २ छक्का र २ चौका प्रहार गरी २४ रनमा अविजित रहे । त्यस्तै रोहन बिकले २० रन बनाए । विराटनगरका दीपेश कँडेलले २ विकेट लिँदा मुकुन्द यादव र सिद्धान्त लोहनीले १–१ विकेट लिए ।

१ सय ३८ रनको विशाल रनको लक्ष पाएको विराटनगरले १६ दशमलव ३ बलमा सवै विकेट गुमाई ९१ रनमा सीमित भयो । विराटनगरका लागि मिनस थापाले २८ रन जोड्दा मुकुन्द यादवले १४ रन तथा रेवती यादव र सिद्धान्त लोहनीले १२–१२ रनको योगदान दिए । राजविराजका म्यान अफ द म्याच रोहित सिंहले ४ ओभरमा २२ रन दिएर ४ विकेट लिँदा नेपाली राष्ट्रिय टोलीका खेलाडी विवेक यादव, राष्ट्रिय टिमका चचिर्चत बलर महबुव आलम र राहुल मण्डलले २–२ विकेट विकेट लिए ।

Global Ime bank

दोस्रो खेलमा जनकपुरले वीरगञ्जमाथि ३ रनको रोमाञ्चक जित हात पार्दै फाइनलमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरको खेलमा १९ दशमलव १ बलमा सवै विकेट गुमाई ७६ रनको झिनो स्कोर खडा गरेको थियो ।

जनकपुरका लागि हरिशंकर साहले १९ रन बनाउँदा रोनक रत्नम, विशाल सुस्लिङ र रूपेश यादवले १०–१० रन बनाए । वीरगञ्जका लागि सम्साद मन्सुरीले ३ ओभरमा १४ रन दिए ५ विकेट लिँदा अरनिको यादवले ३ विकेट लिए ।

७७ रनको झिनो लक्ष पछ्याएको वीरगञ्जले पूरै ओभर खेल्दै ९ विकेट गुमाई ७३ रनमा सीमित भयो । वीरगञ्जका लागि अरनिको यादवले २४ रन बनाउँदा साहिल पटेलले १३ रन र इमरान शेखले १२ रन जोडे । जनकपुरका म्यान अफ द म्याच विशाल सुस्लीङले ४ ओभरमा १ मेडन राख्दै १२ रन दिएर ४ विकेट लिँदा हरिशंकर साहले १ विकेट लिए ।

प्रतियोगितामा प्रदेश १ का आयोजक विराटनगर महानगरपालिका, इनरुवा नगरपालिका र मेची नगरपालिका तथा मधेस प्रदेशको वीरगञ्ज महानगरपालिका, जनकपुरधाम महानगरपालिका र राजविराज नगरकालिका सहभागी भएका छन् । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार ट्रफी तथा उपविजेताले नगद ५१ हजार ट्रफी पाउने छन् ।

६ टिमलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटको अधारमा खेलाइएको छ । समूहको टप दुई टिम सेमिफाइनलमा पुग्ने पुग्ने छन् । चेत्र २६ गतेसम्म हुने प्रतियोगित सम्पन्न गर्न करिब १३ लाख खर्च हुने आयोजकले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८  १८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement