site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
हाम्रो पार्टी चुनावमा जाने कि नजाने भन्ने निर्णय राष्ट्रिय भेलाबाट हुन्छ : आहुती
Sarbottam CementSarbottam Cement

काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका संयोजक विश्वभक्त दुलाल 'आहुती'ले आफ्नो पार्टी चुनावमा जाने कि नजाने भन्नेबारे राष्ट्रिय भेलाले निर्णय लिने बताएका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले चुनावमा जनतामाझ जाने कुरा सकारात्मक नै भएपनि यसबारे राष्ट्रिय भेलाले निर्णय लिने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले पार्टी एकीकरणबारे कुनै पार्टीसँग आधिकारिक छलफल नभएको पनि बताए ।  चुनावमा मात्रै जाने लाई राजनीति नभनिने भन्दै उनले चुनाव बाहिर बस्ने पनि राजनीतिको विभिन्न आयाममध्ये पर्ने धारणा राखे । .

पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य मदन अर्यालले प्रज्ञा भवन कमलादीमा भोलि १७ चैत्रको दिउँसो १२ बजे राष्ट्रिय भेलाको उद्घाटन हुने र चैत्र १७ गते साझदेखि १९ गते सम्म भक्तपुरको बोडेमा बन्द सत्रको कार्यक्रम हुने जानकारी दिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  १६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement