site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
इटालीको प्रशिक्षकमा मान्सिनीको निरन्तरता
Sarbottam CementSarbottam Cement

काठमाडौं । इटाली विश्वकपमा छनोट हुन नसकेपनि प्रशिक्षक रोबर्टो मान्सिनीले भने निरन्तरता पाउने भएका छन् । 

आठ महिनाअघि युरोपियन च्याम्पियनसिपको उपाधि जितेको इटाली लगातार दोस्रोपटक विश्वकपमा छनोट हुन असफल भएको हो । इटाली बिहीबार राति सम्पन्न प्लेअफमा नर्थ म्यासेडोनियासँग १–० ले पराजित भएपछि कतार विश्वकप यात्रामा पूर्णविराम लागेका थियो । इटालीले २०१८ मा रुसमा सम्पन्न विश्वकपमा पनि छनोट हुन असफल भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

रुसमा छनोट हुन नसक्दा तत्कालिन प्रशिक्षक जियान पिइरो भेन्टुरा बर्खास्त भएका थिए । त्यसपछि मान्सिनी प्रशिक्षकमा नियुक्त भएका हुन् । तर यसपटक विश्वकपमा छनोट नभए पनि इटालियन फुटबल संघ मान्सिनीकै पक्षमा उभिने भएको छ । ५७ वर्षे मान्सिनीले इटाली टिमलाई पुनरुत्थान गर्दै युरो २०२० को उपाधि जिताएका थिए । 

‘‘हामीले पुनः सुरुआत गर्नु पर्ने भएको छ,’’ मान्सिनीले भने, ‘‘मैले अध्यक्षसँग कुरा गरिसकेको छु । हामीबीच सबै कुरामा छलफल भइसकेको छ । हामीले सुधार गर्नुपर्ने धेरै छ । म अझै युवा नै छु र फेरि युरोपियन च्याम्पियनसिप र विश्वकपको उपाधि जित्न चाहन्छु । यसका लागि हामीले केही समय कुनुपर्ने भएको छ । अहिलेको निराशालाई बिर्सेर फेरी अगाडी बढ्नुपर्नेछ ।’’

Global Ime bank

इटालीको प्रशिक्षण सम्हालेपछि मान्सिनी आफैँ उत्कष्ट प्रशिक्षकका रूपमा दहरिएका छन् । 

उनको प्रशिक्षणमा इटालीले केही कीर्तिमान पनि बनाएको छ । नेसन्स लिगको फाइनलमा स्पेनसँग हार्नुअघि इटाली कीर्तिमानी ३७ खेलसम्म अपराजित थियो । इटालीका कप्तान लियोनार्दो बोनुचीले पनि अहिले टिमका लागि मान्सिनी नै सबैभन्दा उपयुक्त पात्र भएको बताएका थिए ।

‘‘गएको तीन वर्षमा प्रशिक्षकले हामीलाई जे दिनुभयो त्यो नितान्त विशेष छ,’’ कप्तान बोनुचीले भने, ‘‘उनले टिममा जुन सम्मान स्थापना गरेका छन् । त्यो इटाली फुटबलमा विरलै देखिन्छ ।’’

इटालीले आजै टर्कीसँग मैत्रीपूर्ण फुटबल खेल्ने छ । टर्की पनि युरोपियन छनोटको प्लेअफमा पोर्चुगलसँग ३–१ ले पराजित भएको थियो । पोर्चगलले नर्थ म्यासेडोनियाले आजै राति प्लेअफ फाइनल खेल्नेछ । विजयी टोलीले कतारको टिकट पक्का गर्ने छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८  १७:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement