site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
टिकटका लागि एसएसपीबाट राजीनामा : सांसदको नजर पनि मेयरमै
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । परमेश्वर साह सुडी मधेस प्रदेशका निर्वाचित सांसद हुन् । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को ‘ख’ बाट निर्वाचित साह यसपालि जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका अकांक्षी छन् । 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेतक साह पटक–पटक सार्वजनिक मञ्चबाट पनि मेयर बन्ने इच्छा व्यक्त गरिरहेका छन् ।

नगर प्रमुख लाल किसोर साहको कामबाट असंतुष्टि जनाउँदै स्थानीय तहमा गएर जनताको सेवा गर्न चाहेको खुलेरै उनले बताइरहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

जनता र पार्टीभित्र नेता तथा कार्यकर्ताको दबाबको कारण मेयरमा चुनाव लड्न खोजेको उनको भनाई छ । 

“जनतासँग प्रत्यक्ष काम गर्न सक्ने स्थानीय सरकार भएको हुनाले जनताले मलाई मेयरमा चुनाव लड्न भनिरहेको छ । पार्टीको नेता-कार्यकर्ताको पनि दबाब छ,” उनले भने, “वर्तमान स्थानीय सरकार जनतामुखी हुन सकेनन् । यसपालि पनि जनतासँग भिजेको अनुहार देखिरहेको छैन । त्यसकारण मैले लड्ने प्रयत्न गरेको छु । पार्टीले अधिकारिक निर्णय गरे राजीनामा दिएर स्थानीय चुनावको तयारी गर्छु ।” साह पार्टीले अवसर दिए जित्नेमा ढुक्क छन् ।

Global Ime bank

मेयर बन्न एसएसपीबाट राजीनामा 

फागुन ९ गतेसम्म संघीय प्रहरी कार्यालय धरानमा कार्यरत थिए, धनुषा विदेह नगरपालिकाका गोविन्दकुमार साह । अवकाश प्राप्त हुन १३ महिना बाँकी छँदा एसएसपी पदबाट उनले राजीनामा दिए । फागुन ४ मा बुझाएको राजीनामा १० गते स्वीकृत भयो । लगत्तै धनुषा विदेह नगरपालिका ५ मा फर्किए । अहिले उनी दैनिक समाज सेवा जस्ता कार्यक्रममा सक्रिय छन् । बुधबार पनि व्यक्तिगत लगानीमा निःशुल्क स्वास्थ्य शिविरमार्फत् करिब एक हजार मानिसलाई सेवा दिएको उनी बताउँछन् ।

वैशाख ३० मा हुन लागेको स्थानीय चुनावमा नेपाली कांग्रेसबाट मेयर पदका उनी आकांक्षी हुन् । “रिटायर्ड हुन १३ महिना बाँकी थियो । तीनवर्ष थप्ने कुरा पनि थियो,” उनले भने, “तर मलाई आफ्नै ठाउँमा खेतीबारीसँगै जनताको सेवा गर्ने इच्छा छ ।”

इच्छा छ, निश्चित छैन

गत साउन ५ गते पूर्वसांसद सरिता गिरीले लहान नगरपालिकाको मेयरमा चुनाव लड्ने घोषणा गरेकी थिइन् । फेसबुकमार्फत नगर प्रमुख मुन्नी साहको कामबाट जनता पीडित भएको भन्दै पाँचवर्ष स्थानीय स्तरमा गएर जनताको सेवा गर्ने उनले उल्लेख गरेकी थिइन् । 

सोही विषयमा बाह्रखरीसँग बिहीबार कुराकानी गर्दै गिरीले उक्त कुरा स्वीकार गरिन् । तर अहिले निश्चित नभएको बताइन् । 
“जनताको स्मस्या देखेर मेयरमा चुनाव लड्ने मेरो इच्छा छ । तर अहिले निश्चित भइसकेको छैन,” उनले भनिन्, “चुनाव भन्ने कुरामा त्यतिकै हाम फाल्नुहुँदैन । विचार गर्दै छु । एक साताभित्रै निर्णय गर्छु ।”

नगर प्रमुख साहले बल प्रयोग गरी वडा नम्बर ५ बजारस्थितको घर भत्काउँदा गिरीले सो घोषणा गरेकी थिइन् । 

“यहाँ जनप्रतिनिधिबाट जनता पीडित छन् । जनप्रतिनिधि काम गर्नुको साटो दुःख दिन्छन्,” उनले भनिन्, “डम्पिङ साइड छैन । त्यतातिर कसैको ध्यान छैन । तर जनताको घर उजाड्न जान्छन् । यी कुरामा सुधार ल्याउन मैले घोषणा गरेको थिएँ ।”

०७७ असार २५ गते उनलाई जनता समाजवादी पार्टीले सांसद पदबाट निष्कासन गरेका थिए । हाल उनी कुनै पार्टीमा खुलेकी छैनन् ।

कांग्रेसबाट को ?

दन्त चिकित्सक डा. सज्जन ठाकुरले पनि मेयरमा चुनाव लड्ने तयारी गरिरहेका छन् । ठाकुर नेपाली कांग्रेसबाट जलेश्वरको मेयर पदका आकांक्षी हुन् ।

“पार्टीको विधि/विधान बाहिर जाँदिनँ । तर, पार्टीले अवसर दिए चुनाव लड्न तयार छु,” उनले भने ।

यसअघि, कांगे्रसबाट अशोक साहले मेयरमा चुनाव लडेका थिए । हाल नगर सभापति समेत रहेका साह सोही पार्टीबाट यसपालि पनि आकांक्षी हुन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  ११:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement