site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
भारत २३८ रनले विजयी, टेस्ट शृङ्खला ‘क्लिन स्विप’
Sarbottam CementSarbottam Cement

काठमाडौं । श्रेयस ऐयरको उत्कृष्ट ब्याटिङ प्रदर्शनमा भारतले सोमबार सम्पन्न दोस्रो टेस्टमा श्रीलंकालाई २३८ रनले हराएको छ । बैंगलोरस्थित एम चिन्नास्वामी ४४७ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २०८ रन जोड्दा सबै विकेट गुमाएपछि भारतले तेस्रो दिनमै खेल जित्न सफल भएको हो ।

भारतले पहिलो खेल एक इनिङ्स र २२२ रनले जितेको थियो । यससँगै दुई खेलको टेस्ट शृंखला भारतले ‘क्लिन स्विप’ गरेको छ । 

भ्रमणकारी श्रीलंकाले २८/१ को स्थितिबाट दोस्रो दिनको सुरुआत गरेको थियो । श्रीलंकाका दिमुथ करुणारत्ने १० र कुशल मेन्डिस १६ रनको अवस्थामा थिए । करुणारत्नेले १०७ रन बनाए । मेन्डिसले ५४ रन बनाए । दुई दोस्रो विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

करुणारत्ने र मेन्डिस आउट भएपछि श्रीलंकाका कुनै पनि ब्याट्सम्याले खुलेर खेल्न सकेनन् । निरोशन दिकवालाले १२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

भारतका रविचन्द्रन आश्विनले चार विकेट लिए भने जसप्रित बुमराहले तीन, अक्सर पटेलले दुई र रविन्द्र जेडेजाले एक विकेट लिए । 

Global Ime bank

भारतले ३०३/९ को स्थितिमा दोस्रो इनिङ्स समाप्तिको घोषणा गरेको थियो । दोस्रो इनिङ्समा भारतका ऐयरले ६७ रन बनाए । रिसब पन्तले ५० रन बनाउँदा रोहित शर्माले ४६ रन जोडे । हनुमा बिहारीले ३५, मयांक अग्रवाल र रविन्द्र जडेजाले समान २२ रन बनाउँदा विराट कोहली र आश्विनले समान १३ रन जोडेका थिए । 

श्रीलंकाका प्रविण जयविक्रमाले चार तथा लसिथ इमबुल्देनियाले तीन विकेट लिए । विश्व फर्नान्डो र धनन्जय डी सिल्भाले समान एक विकेट लिए । 

भारतले पहिलो इनिङ्समा २५२ रन बनाएको थियो । भारतका लागि ऐयरले ९२ रन बनाएका थिए । पन्तले ३९, बिहारीले ३१, कोहलीले २३ रन बनाएका थिए । श्रीलंकाका इमबुल्देनिया र जयविक्रमाले समान तीन विकेट लिए । डी सिल्भाले दुई विकेट लिए भने सुरुङ्गा लकमलको नाममा एक विकेट रह्यो । 

पहिलो इनिङ्समा श्रीलंकाले १०९ रन जोड्दा सबै विकेट गुमाएको थियो । श्रीलंकाका लागि एन्जेलो म्याथ्युजले ४३ र निरोशन दिकवेलाले २१ रन बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । भारतका जसप्रित बुमराहले पाँच विकेट लिएका थिए भने आश्विन र मोहम्मद सामीले समान दुई विकेट लिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय