site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सुर्खेतमा कर्फ्यु उल्लंघन : प्रहरीमाथि ढुंगामुढा, थप तीनजना पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा केही व्यक्तिहरूले कर्फ्यु आदेश उल्लंघन गरेका छन् । अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्बाट अनुमोदन गरिएको विरोधमा उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले हिजो बेलुका सवा ८ बजेदेखि आज बेलुका ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ । मंगलबार प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रदर्शनकारीहरूमध्ये तीनजनालाई पक्राउ गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । ‘‘कर्फ्यु उल्लंघन गर्ने तीनजनालाई पक्राउ गरिएको छ । तीनजनासहित केही जमातले कर्फ्यु उल्लंघन गरी प्रहरीमाथि ढुंगामुढा गरेको छ । अहिले प्रदर्शन प्रहरी नियन्त्रणमै छ,” प्रजिअ रिजालले भने ।

सोमबार प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा परी केही व्यक्ति घाइते भएका थिए । २३ प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।

Global Ime bank

प्रदर्शनकारीले विभिन्न पार्टीका कार्यालय तोडफोड र आगलागी समेत गरेका थिए । प्रदर्शन उग्र बन्दै गएपछि सुर्खेतमा प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो । कर्फ्यु उल्लंघन गरे गोली हान्नेसम्मको आदेश गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८  १३:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय