site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बुर्किना फासोको एक सुनखानी क्षेत्रमा विस्फोट हुँदा ६० जनाको मृत्यु
Sarbottam CementSarbottam Cement

बान्फोरा । बुर्किना फासोको दक्षिण–पश्चिमी भागमा अवस्थित एक गाउँको सुनखानी क्षेत्रमा भएको शक्तिशाली विस्फोटनमा कम्तीमा ६० जनाको ज्यान गएको छ । प्रत्यक्षदर्शीहरूकाअनुसार खानी नजिकको बजारमा डाइनामाइट भण्डार गरिएको स्थानमा आगलागी भएपछि विस्फोट भएको हो ।

दर्जनौँ घाइतेलाई गाओआ क्षेत्रीय अस्पताल केन्द्रमा उपचारका लागि भर्ना गरिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

समाचार एजेन्सी एएफपीअनुसार मारिनेमा महिला तथा बालबालिका पनि रहेका छन् । सोमबार भएको यस दुर्घटनामाथि गम्भीर अनुसन्धान सुरु भइसकेको छ । 

बुर्किना फासो अफ्रिकाकै सबैभन्दा ठूलो सुन उत्पादक मुलुकमध्ये एक हो । अधिकांश सुनखानी अन्तर्राष्ट्रिय कम्पनीबाट सञ्चालित छन् । तर, नीति नियम मिचेर गैर कानुनी ढङ्गले व्यक्ति विशेषले पनि यस्ता खानी चलाउने गरेका छन् ।

Global Ime bank

पश्चिम अफ्रिकाका बीबीसी पत्रकार निकोलस नेगोसले सन् २००९ देखि बुर्किना फासोमा कपासलाई उछिनेर सुन प्रमुख निर्यातक वस्तु बनेको जनाएका छन् ।

यस मुलुकको वार्षिक सुन उत्पादन परिमाण २०२० मा ५४ र २०१९ मा ४५ टन रहेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  २०:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय