site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
संकटा एपीएफसँग बराबरीमा रोकियो
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)ले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आइतबार संकटा क्लबलाई गोलरहित बराबरीमा रोकेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ११औँ मिनेटमा सुवास गुरुङको पासमा फोडे फोफनाले गरेको प्रहार एपीएफका गोलरक्षक युया कुरियामाले बचाएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

३४औँ मिनेटमा एपीएफका आर्मन्ड बिडोमले नवीन लामाको कर्नरमा गरेको हेडर क्रसबार माथिबाट बाहिरियो ।

६०औँ मिनेटमा रोमन लिम्बुको फ्री किकमा एपीएफका गोलरक्षक कुरियामा अगाडि बढेको अवस्थामा निरज बस्नेतले बललाई कनेक्ट गर्न सकेनन् ।

Global Ime bank

खेलको ७४औँ मिनेटमा एपिएफले गोलको राम्रो अवसर खेर फाल्यो । मैदानको मध्यभागबाट संकटाका रोशन परियारबाट खोसेर अघि बढाएको बलमा आभाष लामिछानेले ‘वान भर्सेस वान’ अवस्थामा राजाबाबु थापालाई बिट गर्न सकेनन् । 

बराबरीसँगै १० खेलबाट १५ अंक जोडेको संकटा तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । संकटाले दसमध्ये तीनमा जित, ६ मा बराबर र एक खेल हारेको छ ।

यस्तै, समान खेलबाट ११ अंक जोडेको एपीएफ भने नवौँ स्थानमा यथावत छ । 

आजै पहिलो खेलमा हिमालयन शेर्पा र न्युरोड टिम (एनआरटी) ले पनि गोलरहित बराबरी खेलेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  १९:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement