site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हतियारसहित पक्राउ
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

राँझा । बाँके र बर्दियामा चोरी धन्दामा संलग्न दुई भारतीय नागरिकलाई बाँके प्रहरीले शनिबार हतियारसहित पक्राउ गरेको छ ।

भारतको रुपैडिहास्थित निबिया निवासी २६ वर्षीय डल्लु मनिहार र बाबागन्ज निवासी २८ वर्षीय निजामुद्दिन कवडियालाई जानकी गाउँपालिका–५, बुढियागाउँबाट एकथान कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार ती दुईजना बाँके र बर्दियामा डाँका तथा चोरी घटनामा संलग्न रहेका थिए । गत पुस २९ गते बर्दिया, शीतलाबजारका परशुराम सार्कीको घरमा राति पेस्तोल देखाएर तीन लाख ३५ हजार रुपैयाँबराबरको नगद र सुन लुटेका उनीहरूले यही माघ १७ गते बाँके, खजुरा गाउँपालिका–४, डिगाउँ निवासी सुन व्यवसायी हरिप्रकाश विकको घरबाट ५० हजार रुपैयाँ नगद, साढे तीन तोला सुन र २२० सीसीको पल्सर मोटरसाइकल चोरी गरेका थिए ।

इलाका प्रहरी कार्यालय खजुराखुर्दबाट खटिएको प्रहरी टोलले एकथान कटुवा पेस्तोलसहित उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २९, २०७८  २१:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय