site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
खुमबहादुर खड्काको सम्झनामा घोराहीमा पालिकास्तरीय भलिबल प्रतियोगिता हुने
Sarbottam CementSarbottam Cement

दाङ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको सम्झनामा घोराहीमा पालिकास्तरीय ‘खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता–२०७८’ हुने भएको छ । नेपाली कांग्रेस दाङले गठन गरेको स्वर्गीय खुमबहादुर खड्का स्मृति खेलकुद समितिको आयोजनामा आगामी फागुनको १६ गतेदेखि २२ गतेसम्म घोराहीमा पालिकास्तरीय खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता हुन थालेको हो ।

आयोजक स्वर्गीय खुमबहादुर खड्का स्मृति खेलकुद समितिले मंगलवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताका बारेमा जानकारी दिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगिताको बिजेता टिमले नगद एक लाख ७५ हजार रुपैया पुरस्कारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक स्वर्गीय खुमबहादुर खड्का स्मृति खेलकुद समितिका संयोजक राजु आचार्यले जानकारी दिएका छन् । संयोजक आचार्यका अनुसार प्रतियोगितामा उपबिजेता हुने टिमले नगद ८७ हजार पाँच सय रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछ । 

आयोजककाअनुसार प्रतियोगितामा जिल्लाका दसवटा स्थानीय तहबाट एक–एक भलिवल टिमले सहभागिता जनाउन पाउनेछन् । साथै प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गर्ने एक जना खेलाडीलाई नगद पाँच हजार एक सय रुपैयाँ पुरस्कारसमेत व्यवस्था गरिएको छ ।

Global Ime bank

उनले खेल क्षेत्रको विकाससँगै प्रतियोगितालाई थप आकर्षक बनाउनका लागि पालिकाहरूले दस सदस्यीय भलिबल टिममा दुई जना राष्ट्रियस्तरका खेलाडीहरूलाई बाहिरबाट ल्याएर सहभागी गराउन पाउने व्यवस्था गरिएको बताए । प्रतियोगितालाई भव्य बनाउन स्वर्गीय खुमबहादुर खड्का स्मृति खेलकुद समितिको मंगलबार घोराहीमा बसेको बैठकले प्रचारप्रसार, खेल फिल्ड व्यवस्थापन, खेलकुद सामग्री तथा प्राविधिक सहयोग विभिन्न उपसमितिहरूसमेत गठन गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  २०:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय