site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेशमा मन्त्रालय फुटाएर संघीयता बदनाम बनाइँदैछ : गुरु घिमिरे
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले प्रदेश १ मा मन्त्रालय फुटाएर संघीयतालाई बदनाम गर्ने काम गरिएको बताएका छन् । संघीयता आफैँमा खर्चिलो भनेर आलोचित भइरहेका बेला मन्त्रालय फुटाउने र गुट बलियो बनाउने कामले पार्टी र देश दुवैलाई कमजोर पारेको उनले बताए ।

“धमाधम मन्त्रालय फुटाएर यसै खर्चिलो संघीयतालाई प्रदेश–१ ले थप बदनाम बनाएको छ,” घिमिरेले बाह्रखरीसँग भने, “गठबन्धन र गुट व्यवस्थापनका नाममा गरिएको यो प्रयासले संघीयता र दलहरूलाई जनताका नजरमा पनि गिराउने छ ।”

उनले मन्त्रालय फुटाउने काम गठबन्धन र गुट व्यवस्थापनको गलत नियतबाट भएको पनि दाबी गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

पार्टी गुटको कब्जामा लाने प्रयास 
प्रदेश १ को सभापतिमा पराजित भएका घिमिरेले पार्टी गुटको कब्जामा गएको भन्दै पार्टीलाई हराउने आधार संस्थापनले तयार पारिरहेको बताए । 

“आजै मात्र प्रदेश–१ मा मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार गरिएको छ । विस्तारित मन्त्रिपरिषद्मा संस्थापन गुटकालाई मात्र स्थान दिइएको छ,” घिमिरेले भने, “जताततै गुटको व्यवस्थापनले पार्टीलाई कमजोर पार्ने र आउँदो चुनावमा पार्टी हराउने प्रयास नेतृत्वबाटै हुँदैछ ।”

Global Ime bank

उनले हिजो प्रदेश कार्यसमिति नहुँदा संसदीय दलले निर्णय गर्ने गरेपनि अहिले संसदीय दल र प्रदेश कार्यसमिति दुवै भूमिकाविहीन भएको बताए । 

“प्रदेश कार्यसमितिमा नेतृत्व जो भए पनि कार्यसमितिमा सबै पक्षको प्रतिनिधित्व छ, त्यो कार्यसमितिले प्रदेश मन्त्रिपरिषद् विस्तारको सुइँको पाएन । संसदीय दलमा छलफल र निर्णय हुन सकेन,” घिमिरेले भने, “यो पार्टी समाप्त पार्ने र गुटको अस्तित्वमा रमाउने प्रयास हो ।”

उनले कर्णालीमा पनि संस्थापनले गुटमात्र प्रतिनिधित्व गराएको भन्दै यसले देशभर पार्टी कमजोर पारेको बताए ।

प्रदेश १ को मन्त्रिपरिषद् विस्तार हुँदा गुटको मात्र प्रतिनिधित्व भएपछि आन्तरिक मामिला मन्त्री केदार कार्कीसमेत अनुपस्थिति थिए । संसदीय दलले समेत निर्णय गर्न नपाउँदा प्रदेशमा असन्तुष्टि चुलिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  २१:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय