site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारका प्रवक्ता भन्छन्– सर्वदलीय बैठक बोलाइएको छैन
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सर्वदलीय बैठक नबोलाइएको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहानका लागि सर्वदलीय बैठक बोलाएको समाचारहरु आइरहेका बेला मन्त्री कार्कीले भने, “सर्वदलीय बैठक बोलाइएको छैन ।  बोलाउने विषयमा कुरा पनि भएको हैन ।”

उनले बाह्रखरीसँग भने, “सर्वदलीय बैठकको कुरै आएको छैन । कसरी त्यो समाचार आयो म अचम्ममा छु । हिजो प्रेस व्रिफिङमा मैले जति भनेँ त्यति मात्रै हो ।” 

Prabhu Bank
Agni Group
NIC Asia

यद्यपि, शुक्रबार साँझ प्रधानमन्त्री सचिवालय स्रोतले भने आज बिहान ९ः३० बजेलाई बैठक बोलाइएको जानकारी दिएको थियो । तीन तहको चुनाव र त्यसमा देखिएको कानुनी संकटका विषयमा छलफल हुने भनिएको थियो । 

तर, प्रधानमन्त्री सचिवालय र मन्त्रीबीच कुरा बाझिएको छ । यसैबीच, नेकपा एमालेले पनि प्रधानमन्त्रीको सचिवालयले बैठकबारे कुनै जानकारी नआएको बताएको थियो । 

Global Ime bank

बालुवाटार स्रोतले पहिला कानुनविद्हरुसँग कानुनी जटिलताको विषयमा परामर्श गर्ने र त्यसपछि मात्रै सर्वदलीय बैठक बोलाउने बताएको छ । सरकार कानुनविद्हरुको सुझाव लिएर अगाडि बढ्ने निर्णयमा पुगेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  १०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement