site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
प्रधानमन्त्री कप क्रिकेट : पुलिस फाइनलमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । दीपेन्द्रसिंह ऐरीको पाँच विकेट तथा पवन सर्राफको अर्धशतकप्रेरित नेपाल पुलिस क्लबले मंगलबार वाग्मती प्रदेशलाई ५० रनले हराउँदै प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ ।

पुलिसले अब उपाधिका लागि सशस्त्र प्रहरी बल (एपीएफ) र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । एपीएफ र आर्मीबीचको दोस्रो सेमिफाइनल खेल पनि आजै हुनेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुिलसले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । पुलिसले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५५ रन बनायो । १५६ रनको लक्ष्य पछ्याएको वाग्मतीले ८ विकेट गुमाएर १०५ रन मात्र जोड्न सक्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

पुलिसका ओपनर पवनले ५९ रन बनाए । पवनले ५४ बलमा तीन चौका र तीन छक्का प्रहार गरेका थिए । पवनले पहिलो विकेटका लागि शंकर रानासँग २७ रनको साझेदारी गरे । शंकर ८ र दीपेन्द्रसिंह ऐरी शून्य रनमा पवेलियन फर्किएपछि पवनले अनिल शाहसँग तेस्रो विकेटका लागि ७८ रनको साझेदारी गरे । अनिलले २५ रन बनाए । त्यसबाहेक पुलिसका लागि आरिफ शेखले १२ रन बनाउँदा दिलीप नाथ ३१ रनमा अविजित रहे ।

वाग्मतीका नन्दन यादव र रिजन ढकालले समान दुई विकेट लिँदा प्रतिश जिसीले एक विकेट लिए ।

Global Ime bank

पुलिसका दीपेन्द्रसिंले पाँच विकेट लिएपछि वाग्मतीका कुनै ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । दीपेन्द्रसिंहले चार ओभरमा १० रन दिएर पाँच विकेट लिएका थिए । उनीबाहेक सागर ढकाल दुई र आरिफले एक विकेट लिए ।

वाग्मतीका कप्तान ज्ञानेन्द्र मल्लले २३ र आदिल खानले २७ रन बनाए । रामनरेश गिरी २२ र रिजन ढकाल १५ रनमा अविजित रहे । अरूले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  १२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement