site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
टाइगर कप भलिबल : पुरुषतर्फ नेपाल पुलिस शीर्ष स्थानमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल पुलिस क्लबले टाइगर कप भलिबल प्रतियोगितामा अर्को विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई ३–१ को सेटमा हराउँदै पुरुषतर्फ शीर्ष स्थानमा रहन सफल भएको छ । 

पोखरा रंगशालामा जारी प्रतियोगितामा लगातार तेस्रो जित निकाल्ने क्रममा पुलिसले एपीएफलाई २५–२१, २३–२५, २५–२३, २५–१९ को स्कोरमा हराएको हो । जितसँगै पुलिसले तीन खेलबाट आठ अंक जोडेको छ । अंकविहीन एपीएफको यो लगातार तेस्रो हार हो । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसअघि सम्पन्न पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लबले त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा हरायो । हेल्प नेपालले त्रिभुवन आर्मीलाई २५–१५, २५–२१, २५–२२ को सेटमा हराएको हो । दुई खेलबाट चार अंक जोडेको हेल्प नेपाल दोस्रो स्थानमा छ । समान तीन अंक जोडेका साविक विजेता गण्डकी प्रदेश र त्रिभुवन आर्मीले तेस्रो स्थानमा छन् ।

राउन्ड रोबिन पद्दतिमा खेलाइएको प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल, नेपाल पुलिस, गण्डकी प्रदेश, त्रिभुवन आर्मी र एपिएफले प्रतिस्पर्धा गरेका छन् । 

Global Ime bank

आजै महिलातर्फ एपीएफले न्यु डायमन्ड स्पोटर्स क्लबलाई ३–२ ले हराएको छ । एपीएफले न्यू डायमन्डमाथि २१–२५, २५–२१, १०–२५, २५–१२, १५–८ स्कोरको रोमाञ्चक विजय हासिल गरेको हो । जितसँगै एपीएफले दुई खेलबाट पाँच अंक जोडेको छ । पराजित न्यू डायमन्ड तीन खेलबाट सात अंक जोडेर शीर्ष स्थानमा यथावत छ । नेपाल पुलिसले दुई खेलबाट तीन अंक जोडेको छ भने आयोजक टाइगर ग्रुप अंकिविहीन छ ।

नेपाल पुलिसले आजै आयोजक टाइगर ग्रुप अफ पोखरालाई ३–० को सोझो सेटमा हराएको हो । पुलिसले टाइगर ग्रुपलाई २५–२०, २५–१७, २५–२२ को स्कोरमा हराएको हो ।

माघ एक गतेसम्म हुने प्रतियोगितामा महिलातर्फ त्रिभुवन आर्मी, न्यू डाइमन्ड, टाइगर ग्रुप पोखरा, एपीएफ क्लब र नेपाल पुलिस गरी पाँच टोलीले प्रतिस्पर्धा गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  २०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय