site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सहकारी संघ मोरङ अध्यक्षमा गठबन्धनका उमेदवार पराजित, एमाले निकट पोखरेल अध्यक्षमा विजयी
Sarbottam CementSarbottam Cement

विराटनगर । जिल्ला सहकारी संघ मोरङको निर्वाचनमा गठबन्धनका उमेदवार पराजित भएका छन् । २९ औं वार्षिक सधारणसभामा भएको निर्वाचनमा एमाले निकट अध्यक्षका उमेदवार विजयी भएका छन् । 

आइतबार राति अबेर सम्पन्न मत गणनाको परिणामअनुसार अध्यक्षसहितका पदाधिकारीमा गठबन्धनका उमेदवार पराजित बन्न पुगेका हुन् । अध्यक्षमा गठबन्धनका तर्फबाट उमेदवार बनेका वीरेन्द्र यादवलाई पराजित गर्दै डिल्ली पोखरेल विजयी बनेका छन् । अन्तिम मत परिणामअनुसार एकजना उपाध्यक्षबाहेक सबैमा गठबन्धन इतरका उमेवदार विजयी बने । 

Prabhu Bank
Agni Group
NIC Asia

निर्वाचन समितिका अनुसार संचालक खुलातर्फ ई. कमलेश्वर ठाकुर, विजय कुमार सरदार, उमेश गुरुङ्ग, जीवन काफ्ले, ऋषीराज पौडेल, चन्द्रप्रसाद भट्टराई, प्रभात खड्का, मिरा दाहाल हिरा र हेरम्भराज भट्टराई निर्वाचित भएका छन् । सञ्चालक महिलातर्फ सिता शर्मा दाहाल र संगीता दाहाल निर्वाचित भए ।

पदाधिकारीमा वरिष्ट उपाध्यक्ष विजयकुमार माझी, महिला उपाध्यक्ष पार्वती बराल, सचिव राकेश दाहाल,सह–सचिव युवराज भट्टराई र कोषाध्यक्षमा अमृत गुरुङ्ग निर्विरोध निर्वाचित भएका छन् । 

Global Ime bank

लेखा संयोजकमा दुर्गा गौतम निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा अध्यक्षमा पोखरेलले १५६ र यादवले १२७ मत प्राप्त गरे । ५ मत बदर भएको थियो । निर्वाचनमा एमालेबाहेकका दलले गठबन्धन बनाएर उमेदवार खडा गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  ०८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement