site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंको नयाँ बसपार्कमा ‘सामूहिक बलात्कार’, आठजना पक्राउ
प्रतीकात्मक तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा नौ पुरुषले एक महिलालाई ‘सामूहिक बलात्कार’ गरेका छन् । बलात्कारमा संलग्न आरोपमा हालसम्म आठजना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीका अनुसार पीडित महिलाको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

प्रहरीका अनुसार यही पुस १२ गते सुर्खेतबाट काठमाडौं आएकी अन्दाजी ३२/३३ वर्षीया महिलालाई नयाँ बसपार्कमा भेटेर मुगुका युवराज बडुवालले गेस्ट हाउसमा लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बडुवालले नै फोन गरेर विभिन्न व्यक्तिलाई बोलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

राति दुई र अर्को दिनको बिहान थप सातजनाले बलात्कार गरेको खुलेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् ।

Royal Enfield Island Ad

काठमाडौंका प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले सोमबार दिउँसो ३ बजेदेखि हालसम्म आठजना पक्राउ परेको र थप एकजना फरार रहेको बताए । उनका अनुसार प्रहरीले सीसीटीभी फुटेज र अन्य प्रमाणका आधारमा आरोपीहरूलाई पक्राउ गरेको हो ।

उनका अनुसार पीडित महिलाको स्वास्थ्य अवस्था सामान्य छ । पीडित महिला दुई सन्तानकी आमा समेत रहेको बताइएको छ ।

प्रहरी स्रोतका अनुसार घटना अनुसन्धानका क्रममा युवराज बडुवाल, हिक्मत नेपाली, मुगु घर भएका रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरि बुढा, गोपालकुमार श्रीसलगायत आठजना पक्राउ परेका छन् । प्रहरीले आधिकारिक रूपमा भने नाम सार्वजनिक गरेको छैन ।

पक्राउ परेकाहरू सबै चिनजानकै व्यक्ति रहेको खुलेको छ । पीडित महिला कामको खोजीमा काठमाडौं आएको खुलेको छ । उनका श्रीमान् भारतमा रोजगारीका लागि गएको र लामो समयदेखि सम्पर्कमा नरहेको बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  १०:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro