site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमसीसी खारेज गर्न माओवादी महाधिवेशन निर्णायक बनोस् : दुर्गा पौडेल
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रतिनिधिसभा दुईपटक विघटन गरी अहिले अवरोध गरेर एमालेले प्रतिगमन गरिरहेको बताएकी छन् ।  नेकपा (माओवादी केन्द्र)को प्रज्ञा–प्रतिष्ठानमा जारी आठौँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै नेतृ पौडेलले प्रतिगमविरुद्धको आन्दोलनलाई अगाडि बढाउनुपर्ने बताइन् ।

दुई दुईपटक भएको आन्दोलनमा पार्टीहरूले राजनीतिक परिपक्वता देखाएर भएको उपलब्धिहरू संकटमा परेको भन्दै उनले सबैले त्यसलाई परास्त गर्नुपर्ने बताइन्। 

Prabhu Bank
Agni Group
NIC Asia

दलहरूबीच राजनीतिक मतदेभ र विवादको ठूलो भए पनि त्यहाँभित्र राष्ट्रियता माथि राखेर सोच्नुपर्ने उनले बताइन् । इतिहासले एकता र परिपक्वता र दुरदर्शिता माग गरेको भन्दै एकताको आवश्यकता छ । प्रतिगमन चर्को रूपमा बढेको भन्दै गठबन्धनले त्यसमा भूमिका खेलेको र यसलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

उनले माओवादी महाधिवेशनले 'राष्ट्रघाती' एमसीसी खारेज गर्न निर्णायक बन्ने विश्वास व्यक्त गरिन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  १६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement