site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकाद्वारा चीनको सिनजियाङबाट हुने आयातमा प्रतिबन्ध लगाउने विधेयक पारित
Sarbottam CementSarbottam Cement

रोयटर्स । अमेरिकाले चीनको सिनजियाङ क्षेत्रबाट आयात प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ । अमेरिकी ‘हाउस अफ रिप्रिजेन्टेटिभ’ (प्रतिनिधिसभा) ले जबरजस्ती काम लगाइएका श्रमिकको बारेमा चिन्ता व्यक्त गर्दै त्यस क्षेत्रबाट हुने आयातमा प्रतिबन्ध लगाउने विधेयक पारित गरेको हो । वासिङ्टनले उइगुर मुस्लिम अल्पसंख्यकलाई बेइजिङले गरेको व्यवहारलाई लिएर आपत्ति जनाउँदै आएको छ ।

सदन र सिनेटमा पेस गरिएका विधेयकहरू बीचको मतभेदलाई हटाउन सांसदहरूले सहमति जनाएपछि सर्वसम्मत रूपमा पारित भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन पस्कीले कंग्रेससँग मिलेर यस विधेयकलाई कार्यान्वयन गर्ने बताएका छन् ।

रिपब्लिकन र डेमोक्रेटहरूले महिनौदेखि उइगुर विधेयकको बारेमा आवाज उठाउँदै आएका थिए ।

Global Ime bank

सिनजियाङमा चीनले उइगुर र अरू मुस्लिम समुहलाई डिटेन्सन क्याम्पमा राखेर जबरजस्ती काममा लगाएकोले त्यहाँ उत्पादित सामग्री आयात नगर्ने अमेरिकी भनाइ छ ।

चीनले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएको छ । सिनजियाङले सोलार प्यानलका लागि विश्वकै धेरै पदार्थहरू आपूर्ति गर्छ । तर, अमेरिकी सरकार र अरू थुप्रै अधिकारवादी समूहले बेइजिङले जातिसंहार गरिरहेको आरोप लगाउने गरेका छन् ।

रिपब्लिकन्सले राष्ट्रपतिको नवीकरणीय ऊर्जा एजेन्डा जटिल हुने भएकाले बाइडनको डेमोक्रेट्स यस विधेयकको विषयमा ढिलो गरी अघि बढेको आरोप लगाएका थिए भने डेमोक्रेट्सले अस्वीकार गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  १६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement