site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बंगलादेशमाथि पाकिस्तानको जित
Sarbottam CementSarbottam Cement

काठमाडौं । पाकिस्तानले बंगलादेशसँगको दुई टेस्ट खेलको सिरिज क्लिन स्विप गरेको छ । पाकिस्तानले दोस्रो टेस्ट खेलमा आठ रनको इनिङ अन्तरले जित निकालेको हो । 

दुई देशबीचको सुरुवाती तीन दिन वर्षाले प्रभावित बनेको टेस्टमा पाकिस्तानले चौथो र पाँचौँ दिन उत्कृष्ट प्रदर्शन गर्‍यो ।

Prabhu Bank
Agni Group
NIC Asia

पाँचौँ दिन बंगलादेश पहिलो इनिङमा ८७ रनमा अलआउट भएपछि फलोअनमा परेको थियो । फलोअनमा परेको बंगलादेश दोस्रो इनिङमा ८४.४ ओभरमा २०५ रनमा अलआउट भयो । 

बंगलादेशका लागि सकिब अल हसनले ६३ रन बनाए । बंगलादेशका लागि मुश्फिकुर रहिमले ४८ रन बनाए । लिटन दास ४५ रनमा आउट भए । 

Global Ime bank

पाकिस्तानका लागि डेब्यू खेल खेलेका स्पिनर सजिद खानले ४ विकेट लिए । सजिदले पहिलो इनिङ्समा ८ विकेट लिएका थिए । शाहिन शाह अफ्रिदी र हसन अलीले २–२ विकेट लिए । बाबर आजमले १ विकेट लिए ।

दोस्रो इनिङमा बंगलादेश ३२ ओभरमा ८७ रनमा अल आउट भएको थियो । पाकिस्तानले पहिलो इनिङमा ९८.३ ओभरमा ३०० रन बनाउँदै ४ विकेट गुमाएको अवस्थामा समाप्तिको घोषणा गरेको थियो । 

वर्षाको कारण पहिलो दिनको खेल हुन सकेन । दोस्रो दिन ६.२ ओभरखेल हुँदा तेस्रो दिन खेल भएन । पहिलो खेलमा पाकिस्तान ८ विकेटले विजयी भएको थियो ।

पाकिस्तानले अब डिसेम्बर १३ तारिखबाट वेस्ट इन्डिजसँग ट्वान्टी–२० र एकदिवसीय सिरिज खेल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  २०:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय