site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
शिक्षामन्त्रीद्वारा मदरसा शिक्षालाई सरकारी पाठ्यक्रममा समावेश गर्न प्रस्ताव माग
Sarbottam CementSarbottam Cement

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदरसा शिक्षालाई सरकारी पाठ्यक्रममा समावेश गर्ने ठोस प्रस्ताव मागेका छन् । ललितपुरमा ‘नेपालमा मदरसा शिक्षा र यसको भावी रूपान्तरण’ अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री पौडेलले यस्तो बताएका हुन् ।  

मन्त्री पौडेलले भने, “हामी तपाईंहरूले उठाउनुभएको कुरालाई गम्भीरतापूर्वक लिएर मन्त्रालयमा छलफल गर्छौं र पाठ्यक्रममा कसरी समावेश गर्न सकिन्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले विगतका कुराहरू पनि खोजीनीति गरेर अघि बढ्ने भन्दै त्यसका लागि ठोस प्रस्ताव मागेका हुन् ।

उनले संविधानले समावेशी सुनिश्चित गरेपनि त्यसको कार्यान्वयनले गति लिन नसकेको स्वीकारे “मूलभूत रूपमा संविधानमा हामीले समावेशीको कुरा त गर्‍यौँ । तर व्यवहारतः अझै बाँकी छ, व्यवहारतः राजनीतिक पार्टीमा बाँकी छ । सेना, पुलिसमा बाँकी छ । व्यूरोक्रेसीमा बाँकी छ,” उनले थपे, “कुराले मात्रै हुँदैन ।”

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  १७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement