site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
त्रिभुवन आर्मीलाई ब्रिगेड ब्वाइजको चुनौती
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले गत सिजन दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको थियो । एक टोलीमात्र रेलिगेशनमा पर्ने प्रावधान हुँदा ब्रिगेड ब्वाइज मुश्किलले जोगिएको थियो । त्यही दुई टोलीले आज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा प्रतिस्पर्धा गर्दैछन् । 

जारी सिजन दुई खेल सकिँदा ब्रिगेड ब्वाइज अपराजित छ । दुई खेलबाट चार अंक जोडेको ब्रिगेड ब्वाइज चौथो स्थानमा छ । समान खेलबाट दुई अंक जोडेको त्रिभुवन आर्मी नवौं स्थानमा छ । यसपटक उपाधि जित्ने लक्ष्य बनाएको त्रिभुवन आर्मी पहिलो दुई खेलमा जितबिहीन बनेपछि आज दबाबमा हुनेछ । 

चोटबाट पीडित त्रिभुवन आर्मीलाई फरवार्ड सुदिल राईको चोटले झनै सताएको छ । सुदिल साविक विजेता मछिन्द्रको खेलमा घाइते भएका थिए । खुट्टामा चोट लागेपछि सुदिलले २८औं मिनेटमा मैदान छाडेका थिए । उनको स्थानमा जगजित श्रेष्ठ मैदान छिरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

फरवार्ड नवयुग श्रेष्ठ र रक्षक विकास खवास पहिले नै घाइते भएका थिए । नवयुग नहुँदा अग्रपंक्तिमा समस्या देखिएको त्रिभुवन आर्मी सुदिलको चोटले झनै समस्यामा परेको छ । दुई खेलमा त्रिभवुन आर्मीले एक गोलमात्र गर्न सकेको छ । त्यो पनि मिडफिल्डर विवेक बस्नेतले गरेका थिए । तथापि त्रिभवन आर्मीका सहायक प्रशिक्षक राजु तामाङले टोलीमा अन्य खेलाडीले रहेको बताएका छन् ।

‘‘स्ट्राइकरले नै गोल गर्नुपर्छ भन्ने पनि होइन । आधुनिक फुटबलमा मिडफिल्डरले पनि गोल गर्छन् । सुदिलको चोटले केही समस्या परेको छ । तर, हाम्रो टिममा सबै खेलाडी उत्तिकै क्षमतावान छन्,’’ त्रिभुवन आर्मीका सहायक प्रशिक्षक तामाङले भने, ‘‘हामीले त्यही अनुसार खेलाडीलाई प्रशिक्षण दिएका छौं ।’’

Global Ime bank

त्रिभुवन आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १–१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा मछिन्द्रसँग गोलरहित बराबरी खेलेको थियो । ब्रिगेड ब्वाइजले भने पहिलो खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) लाई ३–२ ले हराएको थियो । जुन जारी लिगमा अहिलेसम्म सबभन्दा धेरै गोल भएको खेलमध्ये एक हो । अर्को धेरै गोल भएको खेल सातदोबाटो युथ र एपीएफ हो । त्यसमा सातदोबाटो युथ ४–१ ले विजयी भएको थियो । 

ब्रिगेड ब्वाइजले दोस्रो खेलमा भने न्युरोड टिम एनआरटीसँग गोलरहित बराबरी खेलेको थियो । ब्रिगेड ब्वाइजका अफिसियल राजु श्रेष्ठले त्रिभुवन आर्मीलाई पनि रोक्न आफ्नो टिम तयार रहेको बताएका छन् । 

‘‘हामी पहिलोपटक फ्लड लाइटमा खेल्दैछौं । उत्साहित छौं । आर्मी शारीरिक रुपमा बलियो टोली हो । हामीले त्यसलाई ध्यान दिएर विशेष ट्रेनिङ गरेका छौं । चोटका कारण पहिलो रोजाईको खेलाडी खेलाउन पाएका छैनौं । त्रिभुवन आर्मीविरुद्ध पनि केही खेलाडी हुनेछैनन्,’’ ब्रिगेड ब्वाइजका श्रेष्ठले भने, ‘‘हामी अंक लिनका लागि खेल्नेछौं ।’’

त्रिभुवन आर्मी र ब्रिगेड ब्वाइजले ‘ए’ डिभिजन लिगमा यसअघि आठ खेलमा प्रतिस्पर्धा गरेका छन् । सबै खेलको नतिजा त्रिभुवन आर्मीको पक्षमा छ । अझ पछिल्लो पाँच संस्करणमा ब्रिगेड ब्वाइजले त्रिभुवन आर्मीविरुद्ध गोल गर्न सकेको छैन । अघिल्लो संस्करणमा त्रिभुवन आर्मी २–० ले विजयी भएको थियो भने विना रेलिगेशनको प्रावधान राखेर खेलाइएको २०७५ मा त्रिभुवन आर्मी १–० ले विजयी भएको थियो ।

आजको खेलमा पनि त्रिभुवन आर्मी तीन अंकका लागि खेल्ने सहायक प्रशिक्षक तामाङले बताए । उनी भन्छन्, ‘‘हामीले यसअघि राम्रा प्रतिद्वन्द्वीविरुद्ध खेलेका थियौं । तर, हामी अझै पनि उपाधिको दाबेदार हौं । त्यही मानसिकता साथ हामी खेलिरहेका छौं । र, ब्रिगेड ब्वाइजविरुद्ध पनि तीन अंकका लागि खेल्ने हो ।’’


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  ११:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement