site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
श्रमका क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको छ : मन्त्री श्रेष्ठ
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँमा विकास निर्माणको कामले छलाङ मारेको जिकिर गरेका छन् ।

नेकपा (एकीकृत समाजवादी) भानु नगर कमिटीले आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफू प्रतिनिधिसभामा निर्वाचित भएपछि तीन वर्षको अवधिमा धेरै काम भएको उल्लेख गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

“साढे तीन वर्षको अवधिमा विकास निर्माणको कामले छलाङ मारेको छ, तर त्यसबाट म सन्तुष्ट छैन,” मन्त्री श्रेष्ठले भने, “जति गर्नुपर्ने हो त्यति गर्न सकिएन । अझै पनि विकास निर्माणलाई तीव्रता दिन्छौँ ।”

मन्त्री श्रेष्ठले आगामी निर्वाचनमा तनहुँमा नेकपा (एकीकृत समाजवादी)ले जित्ने दाबी गरे । “तनहुँमा हाम्रो पार्टीको प्रभाव शून्य छ भनेर हल्ला फैलाइएको छ । आगामी निर्वाचनबाट थाहा हुन्छ, कसको पार्टीको हैसियत के छ भनेर,” उनले भने ।

Global Ime bank

उनले मादी–मर्स्याङ्दी, डुम्रे–चाम्बास सडकको बोलपत्र भइसकेको र काम सुरु भएको बताए ।

मन्त्री श्रेष्ठले करिब दुईतिहाइको मत प्राप्त गरे पनि नेकपा (एमाले) नेतृत्वको सरकारले त्यसको सदुपयोग गर्न नसकेको आरोप लगाए । उनले पार्टी फुटाउने रहर नभई बाध्यता भएको उल्लेख गर्दै अब पार्टीको संगठन विस्तारमा जोड दिइने चर्चा गरे ।

मन्त्री श्रेष्ठले श्रम तथा रोजगार क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको बताए । उनले विदेश जाने अधिकांश युवा अदक्ष हुने गरेकाले उनीहरूलाई दक्ष बनाउन तालिम केन्द्र स्थापना गर्ने लक्ष्य लिइएको जानकारी गराए । सीप र क्षमताका आधारमा सबै युवालाई रोजगारी दिइने मन्त्री श्रेष्ठको भनाइ थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७८  २२:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement