site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चालु वर्षभित्रै रेल सञ्चालन हुन्छ : मन्त्री यादव
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । भौतिक पूर्वाधार तथा यतायातमन्त्री रेणु यादवले चालु वर्षभित्रै रेल सञ्चालनमा आउने दाबी गरेकी छन् । मंगलबार जनकपुरधाम रेलवे स्टेसनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री यादवले चालु वर्षभित्रै रेल सञ्चालनमा आउने बताएकी हुन् ।

कानुन, बजेट र प्राविधिक त्रुटिको अभावमा रेल सञ्चालनमा ढिलाइ भएको उनको भनाइ छ । अर्को महिनासम्म कानुन ल्याएर कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाउने उनले बताइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

"रेल सञ्चालन सम्बन्धी कार्यविधि बनिसकेको छ । भारतीय केआरसीएल कम्पनीसँग दुई पक्षीय जीटूजी सम्झौता अन्तर्गतको पहिलो किस्ता दिइसकिएको छ," उनले भनिन्, "कर्मचारी, बजेट र भाडादर तोक्न बाँकी छ । छिट्टै प्रक्रिया अगाडि बढ्नेछ ।"

उनले रेलको दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गर्नेसमेत बताइन् । "भर्चुअल भएपनि दुवै देशको प्रधानमन्त्रीले अन्तरदेशीय रेलको उद्घाटन गर्नुहुन्छ," उनले भनिन्, "सकेसम्म हामीले भौतिक रूपमा सहभागी भएर उद्घाटन गराउने तयारीमा छौँ ।"

Global Ime bank

साढे चार लाख टिकट छापेर जनकपुरधाम रेलवे स्टेसनमा राखिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  १५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement