site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीलाई भेटेपछि पूर्वमाओवादी नेताहरू निराश !
Sarbottam CementSarbottam Cement

सौराहा । नेकपा (माओवादी केन्द्र)तिर नलागी नेकपा (एमाले) रोजेका नेताहरू संकटमा परेका छन् । चितवनमा जारी पार्टीको १०औँ महाधिवेशनबाट नेतृत्वमा पुग्न उनीहरूलाई समस्या परेको हो ।

एमालेभित्र पदका आकांक्षीको व्यवस्थापनमा अध्यक्ष केपी शर्मा ओलीलाई सकस परेपछि पूर्वमाओवादी नेताहरू अन्योलमा परेका हुन् । अध्यक्ष ओली यति बेला होटेल पार्क सफारी रिसोर्टमा बसेर आफूनिकट नेताहरू र पदका आकांक्षीहरूसँग छलफल गरिरहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आज पूर्वमाओवादीका नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहलगायतले ओलीलाई भेटेका थिए । ओलीलाई भेटेपछि उनीहरूमा आशाभन्दा निराशा बढेको छ ।

एक नेताका अनुसार भेटमा ओलीले ‘एमालेका नेताहरूलाई मिलाएपछि मात्र तपाईंहरूको पालो आउँछ’ भन्दै जवाफ दिएका थिए । “पहिले यता मिलाउँछु अनि तपाईं–हामी बसेर कुरा गरौँला,” ती नेताले ओलीको भनाइ उधृत गर्दै बाह्रखरीसँग भने ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  १४:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement