site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
युरोप कोभिड महामारीको ‘इपिसेन्टर’मा रहेको विश्व स्वास्थ्य संगठनको चेतावनी
Sarbottam CementSarbottam Cement

बीबीसी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले महाद्वीपभरी कोभिड संक्रमण बढिरहेकाले यूरोप फेरि कोभिड महामारीको ‘इपिसेन्टर’ (केन्द्र)मा रहेको चेतावनी दिएको छ । एक  पत्रकार सम्मेलनमा डब्ल्यूएचओका युरोप प्रमुख हान्स क्लुगले फेब्रुअरीसम्म थप आधा मिलियनको (पाँच लाख) मृत्यु देख्न सकिने बताए । उनले यो वृद्धिको लागि अपर्याप्त खोप लिनुलाई दोष दिए ।

उनले कोभिड १९ को वृद्धिबाट जोगिन रणनीतिहरू परिवर्तन गर्नुपर्ने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्ला महिनामा युरोपभरी नै खोप लगाउने दर सुस्त भएको छ । जबकी स्पेनमा लगभग ८० प्रतिशतले दुवै मात्रा खोप लगाएका छन्, त्यो संख्या फ्रान्स र जर्मनीमा कम छ । फ्रान्समा ६८ प्रतिशत र जर्मनीमा ६६ प्रतिशतले दुवै मात्रा खोप लगाएका छन् । केही मध्य र पूर्वी युरोपियन देशहरूमा अझै कम छ । अक्टोबर सम्म ३२ प्रतिशत रुसीहरूले मात्र पूर्ण खोप लिएका छन् । 

क्लुगले केही मध्य एसियाली भागसहित ५३ देश समेट्ने युरोपियन क्षेत्रमा कोभिड संक्रमणको वृद्धि हुनुमा जनस्वास्थ्य मापदण्डहरूको फितलोपनलाई पनि जिम्मेवार ठहराएका छन् । डब्ल्यूएचओले त्यस क्षेत्रमा अहिलेसम्म १० लाख ४० हजार मानिसको मृत्यु भएको जनाएको छ ।
 
डब्ल्यूएचओको कोभिड १९ मा प्राविधिक नेतृत्त्व मारिया भान करकोभाले खोप र उपकरणहरूको पर्याप्त आपूर्तिको बावजुद युरोपमा विगत चार हप्तामा कोभिड संक्रमण ५५ प्रतिशतभन्दा बढीले वृद्धि भएको बताए । उनका सहकर्मी डा. माइक रायनले यूरोपको अनुभव विश्वको लाई चेतावनी भएको बताएका छन् । 

Global Ime bank

पछिल्लो २४ घण्टामा जमर्नीमा झण्डै ३४ हजार कोभिड संक्रमण रेर्कड गरिएको छ । यस्तै यूकेमा त्यो भन्दा धेरै ३७ हजार संक्रमित भएका छन् । 

रुसमा वितेको हप्ता ८ हजार १ सयको मृत्यु भएको छ । यस्तै युक्रेनमा ३ हजार ८ सयको मृत्यु भयो । युक्रेनले पछिल्लो २४ घण्टामा २७ हजार ३७७ संक्रमित भएको जनाएको छ । यस्तै, युरोपका अन्य देशमा पनि कोभिड संक्रमण बढेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७८  ०७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement