site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको निक्षेप १.६ प्रतिशत र कर्जा ७.४६ प्रतिशले बढ्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नै वाणिज्य बैंकहरूले ७.४६ प्रतिशतले कर्जा विस्तार गरेका छन् । सञ्चालनमा रहेको २७ वाणिज्य बैंकले प्रथम त्रैमासमा दुई खर्ब ७७ अर्ब ४७ करोड कर्जा विस्तार गरेका छन् ।

पहिलो त्रैमासमा नै करिब साढे सात प्रतिशतले कर्जा विस्तार गरेका बैंकहरूले निक्षेप भने १.६० प्रतिशत अर्थात् ६७ अर्ब २६ करोडले मात्रै बढेको छ । कर्जा विस्तारमा ‘एग्रेसिभ’ देखिएका वाणिज्य बैंकहरूले निक्षेप बढाउन नसक्दा लगानी गर्नसक्ने तरलताको भने अभाव बढ्दै गएको छ । असोज मसान्तमा वाणिज्य बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात ८८.७२ प्रतिशत पुगेको छ ।

०७७ असार मसान्तमा ३७ खर्ब २१ अर्ब रहेको वाणिज्य बैंकहरूको कुल कर्जा लगानी साउन मसान्तमा ४३ अर्बले बढेर ३७ खर्ब ६४ अर्ब पुगेको छ । त्यसपछि भदौ र असोजमा भने कर्जा विस्तार उच्च रहेको देखिन्छ । भदौमा थप एक खर्ब ८ अर्बले बढेर ३८ खर्ब ७२ अर्ब पुगेको छ । असोज अन्तिम साता दसैँको सार्वजनिक बिदाले एक साता बन्द हुँदा पनि असोजमा एक खर्ब २६ अर्बले कर्जा विस्तार भएर ३९ खर्ब ९८ अर्ब पुगेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

तर, तीन महिनाको निक्षेप भने सामान्य मात्रै बढेको छ । असार मसान्तमा ४२ खर्ब एक अर्ब रहेको वाणिज्य बैंकहरूको कुल निक्षेप साउनमा ७८ अर्बले गायब भएर मसान्तमा ४१ खर्ब २३ अर्बमा झर्‍यो । भदौ लागेपछि केही सुधार भएको निक्षेप साउनको तुलनामा ४८ अर्बले बढेर ४१ खर्ब ७१ अर्ब पुगेपनि असार मसान्तको भन्दा ३० अर्बले कम रहेको थियो । असोजमा करिब ९८ अर्बले बढेर ४२ खर्ब ६९ अर्ब पुगेको छ । 

कर्जा विस्तारमा स्ट्यान्डर्ड चाटर्ड अगाडि, पछ्याउँदै सन्राइज 
लगानी गर्न स्रोत अभाव हुँदा पहिलो त्रैमासमा स्ट्यान्डर्ड चाटर्ड बैंकले भने १६.१८ प्रतिशत माथिले कर्जा विस्तार गरेको छ । चाटर्डलाई पछ्याउँदै सनराइज बैंकले पनि १४.७८ र एनसीसी बैंकले १४.४० प्रतिशतले कर्जा बढाएको छ ।

Global Ime bank

माछापुच्छ्रे बैंकले पनि १०.३८ प्रतिशतले बर्जा बढाउन सफल भएको छ । हिमालयन बैंकले ९.७५ प्रतिशत, कुमारी बैंकले ९.६३ प्रतिशतले कर्जा बढाउन सफल भएको छ । चालु आर्थिक वर्षको सबैभन्दा कम कर्जा बढाउनेमा भने प्रभु बैंक रहेको छ । बैंकको कर्जा लगानी २.५७ प्रतिशतले मात्रै वृद्धि भएको छ । 

No description available.

बैंकहरूमा लगानीयोग्य पुँजकिो अभावकाबीच पनि कर्जा लगानीमा बैंकहरू एग्रेसिभ देखिएका छन् । सीडी रेसियोमा सहज अवस्थामा रहेको प्रभु बैंकले भने सबैभन्दा कम कर्जा विस्तार गरेको छ । 

असोजमा बढाएको निक्षेपको ब्याजदरको फाइदा सनराइज र सानिमालाई
बैंकहरूमा लगानी गर्ने स्रोत अभाव भएर निक्षेप तान्न हानथाप हुँदा असोज महिनामा निक्षेपमा दोहोरो अङ्कको ब्याज पुर्‍याएको सनराइज बैंकले भने राम्रो फाइदा लिएको छ । बैंकले तीन महिनामै निक्षेप २१ अर्ब ८४ करोड अर्थात् १९.८१ प्रतिशतले बढाएको छ । यस्तै, एनसीसी बैंकले ११ अर्ब ४३ करोड अर्थात् १०.३२ प्रतिशत, सानिमा बैंकले १३ अर्ब ६ करोड अर्थात् ९.९८ प्रतिशतले निक्षेप बढाएको छ । नेपाल बैंकले १० अर्ब ६ करोड, कुमारी बैंकले ९ अर्ब १६ करोड, एनएमबी बैंकले ९ अर्ब २२ करोडले निक्षेप बढाएको छ । 

विदेशीको नक्कली निक्षेप सिर्जना गरेको आरोप लागेको एनआईसी एसिया बैंकले ब्याजदर नबढाउँदा पनि ११ अर्ब १९ करोडले निक्षेप बढाएको देखिन्छ । यस्तै, नबिल बैंकले भने असोजमा ब्याजदर बढाएर पनि निक्षेप तीन अर्ब १३ करोडले भन्दा बढाउने सकेन । 

No description available.

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये आठओटाको भने पहिलो त्रैमासमा निक्षेप घटेको छ । राष्ट्रिय वाािण्ज्य बैंकको सबैभन्दा धेरै २२ अर्ब २१ करोड निक्षेप गायब भएको छ । कृषि विकास बैंकको पनि ९ अर्ब ५५ करोड निक्षेप गायब हुँदा सबैभन्दा कम निक्षेप रहेको नेपाल बैंगलादेश बैंकका प्रतिशतका आधारमा सबैभन्दा धेरै १०.३४ प्रतिशत अर्थात् ९ अर्ब २४ करोड निक्षेप गायब भएको छ । 

यस्तै, ग्लोबल आईएमई बैंकको ६ अर्ब २९ करोड नेपाल इन्भेस्टमेन्ट बैंकको तीन अर्ब ३३ करोड स्ट्यान्डर्ड चाटर्ड बैंकको २ अर्ब १७ करोड, प्रभु बैंकको १ अर्ब ३९ करोड र सेञ्चुरी बैंकको २९ करोड निक्षेप घटेको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  २०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement