site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमसीसी आवश्यक तर दलहरूबीच सहमतिविना पास हुँदैन : परराष्ट्रमन्त्री खड्का
Sarbottam CementSarbottam Cement

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले राजनीतिक दलहरूबीच सहमति भएमात्र एमसीसी पास हुने बताएका छन् । नेपाल प्रेस युनियनले सोमबार उदयपुरको गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खड्काले एमसीसी पास गर्नु अहिलको आवश्यक रहेको भएपनि दलहरूको सहमतिविना पास गर्न सम्भव नरहेको बताए ।

एमसीसी पास गर्न वर्तमान गठबन्धन सरकारले गठबन्धन भित्र नै व्यापक छलफल गर्ने र प्रतिपक्षमा रहेको नेकपा (एमाले)बीच पनि छलफल गरेर सहमति भए तत्कालै एमसीसी पास हुने उनको भनाइ छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै उनले त्रियुगा नदी कटान नियन्त्रण गर्न आफ्नो पहलमा त्रियुगा नदी कटान नियन्त्रण आयोजना नै स्थापना गरेको र रु आठ अर्ब बजेट विनियोजन गरिएको जानकारी गराए । उनले यस आर्थिक वर्षमा रु दुई अर्ब बजेट परिचालन गरेर नदी कटान नियन्त्रण गर्न लागिएको बताए ।

मन्त्री खड्काले त्रियुगा नगरपालिका–१ जोगीदहमा निर्माण गर्ने भनिएको सगरमाथा हवाई मैदान निर्माणका लागि वर्तमान सरकारले स्वीकृत गरेर बजेट व्यवस्थानको तयारी गरिएको जानकारी पनि दिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  १६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय