site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मंसिरमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले आगामी मंसिर २१ देखि २५ गतेसम्म काठमाडौंमा नेपालको पुनर्निर्माणसम्बन्धी अन्तराष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको हो । 

२०७२ साल वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पहरुबाट पुगेको क्षतिको पुनर्निर्माण तथा पुनस्थापनाका अधिकांश कार्य राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थापना भएको करिब ६ वर्षमा सम्पन्न गरेको छ । केही बाँकी कार्यको जिम्मेवारी सम्बन्धित निकायहरुलाई हस्तान्तरण गरिसकेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सबैको साथ र सहयोगमा भूकम्पपछिको पुननिर्माण र पुनस्थापनामा नेपालले प्राप्त गरेको अनुभव र सिकाइलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय समुदायमा बाँड्न पुननिर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको जानकारी दिएका छन् । 

अन्तर्राष्ट्रिय सम्मेलनको मूल नारा पुननिर्माणबाट उत्थानशीलतातर्फ’ तय गरिएको छ । सम्मेलनमा निजी आवास पुननिर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निमाण, जाविकोपार्जन तथा आर्थिक पुनस्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानमुलक प्रस्तुतिका साथै विषयगत गोष्ठीहरु समेत गर्ने कार्यक्रम रहेको छ । 

Global Ime bank

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य तथा अन्तराष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक डा. चन्द्रबहादुर श्रेष्ठले सम्मेलनमा सहभागी हुनका लागि स्वदेशी तथा विदेशी पाहुना, विषय विज्ञ तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई निमन्त्रणा गरिएको जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  १५:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement