site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भरतपुरमा बसको ठक्करबाट बालकको मृत्यु, अक्रोशित स्थानीयले सडक अवरुद्ध गरे
Sarbottam CementSarbottam Cement

चितवन । चितवनमा बसको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु भएको घटना पछि स्थानीयले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले स्थानीयले सडकमा अवरोध गरेर प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि स्थितिलाई नियन्त्रण लिन अश्रु ग्याँस प्रहार गरिएको जानकारी दिए । “बसले ठक्कर दिएपछि स्थानीयले सडक अवरोध गरे,” उनले भने, “सडक सुचारु र स्थिति सामान्य गर्न बाध्य भएर अश्रु ग्याँस प्रयोग गर्नुपर्यो ।”

Prabhu Bank
Agni Group
NIC Asia

हालसम्म कति अश्रु ग्याँस प्रयोग गरियो भन्नेबारे प्रहरीले बताएको छैन । “अहिले लगभग स्थिति नियन्त्रणमा आएको छ के कति राउँड अश्रुग्याँस प्रयोग भयो अफिस फर्केपछि थाहा हुन्छ,” प्रमुख अधिकारीले भने ।  भोलि पीडित र पीडक पक्षबीच कार्यालयमा वार्ता गरी दोषीलाई कारवाही गरिने उनले बताए  । 

स्थानीयले भने प्रहरीले घरघरमासमेत अश्रु ग्याँस हानेर आतङ्कित बनाएको आरोप लगाएका छन् । 

Global Ime bank

भरतपुर महानगरपालिका–७ विकासचोकमा आज दिउँसो साढे ३ बजे चौबिसकोठीबाट पटिहानीतर्फ जाँदै गरेको बा १ प १२८४ नम्बरको पर्यटक बसले ठक्कर दिँदा  भरतपुर महानगरपालिका वडा नम्बर ७ का ८ वर्षीय मिलन भण्डारीको मृत्यु भएको थियो । दुर्घटनाबाट टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । तर, अस्पतालले बालकलाई मृत घोषणा गरेको थियो । 

बालकको मृत्युपछि आक्रोशित स्थानीयले गाडी तोडफोड र सडक अवरोध गरेका गरेका थिए । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ  ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  २०:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय