site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
धनुषामा दुई छोराको हत्या गरी आमाले आत्महत्या गरेको अशंका
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । धनुषामा दुई बालकको हत्या गरी आमाले आत्महत्या गरेको अशंका गरिएको छ । शुक्रबार साँझ नगराइन नगरपालिका–७ फुलगामाकी २४ वर्षीया गुडिया साहले पाँच वर्षीय छोरा अभिषेक र तीन वर्षीय आदित्य साहको हत्या गरी आफूले पनि आत्महत्या गरेको घटना बाहिर आएको छ । 

धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले दुबै बाललको घाँटी थिचेर हत्या गरेको जस्तो देखिएको बताए । उनका अनुसार घरको सिलिङ फ्यानमा पासो लगाएर गुडियाले आत्महत्या गरेकी छिन् । मृतक गुडियाको श्रीमान गुरुदेव साह दैनिक ज्याला मजदुरीमा काम गर्न जनकपुर आएका थिए । सासु ससुरा खेत बारीमा काम गर्न गएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घरमा कोही नभएको बेला चर्को स्वरमा डिजे साउण्ड बजाएर गुडियाले छोराको हत्या गरेको अशंका गरिएको छ । घटनास्थलबाट गुडियाले प्रयोग गर्ने मोबाइल फुटेको अवस्थामा बरामद भएको छ । 

प्रहरीका अनुसार १० वर्षअघि गुडिया र गुरुदेव साहले विवाह गरेका थिए । तीनै जनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  १२:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !