site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौं उपत्यकामा बस चढ्ने वित्तिकै २० रुपैयाँ भाडा ? मनपरी भाडा असुल्दै सार्वजनिक यातायात !

काठमाडौं । काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी साधनले आफूखुसी भाडा असुल्न थालेका छन् । सरकारले तोकको भाडादर उल्लंङ्घन गर्दै सवारी साधानले आफूखुसी भाडादर बढाएर असुल्न थालेका हुन् ।

आज बिहान जोरपाटी, बौद्ध, चाबहिल क्षेत्रमा चल्ने सवारी साधनहरुले बढी भाडा असुलेका छन् । रत्नपार्क, कालिमाटी, कलंकी जाने भनि जोरपाटीबाट यात्रु चढाएर चाबहिलमै ओरालिदिएका छन् । बौद्धदेखि चाबहिलसम्मको भाडा २५ रुपैयाँदेखि ३५ रुपैयाँसम्म असुल गरेका छन् । बौद्धदेखि चाबहिलसम्म यात्रा गर्दा पहिले १५ रुपैयाँ तिर्नुपथ्र्यो । काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल अन्तर्गतका ७२ ओटा सार्वजनिक यातायात प्रालिलाई महासंघले आफूखुसी बढाएको भाडादर यात्रुबाट  असुल्न थालिएको छ । 

Dabur Nepal

सरकारले नबढाउँदा आफैं बढायौँ : सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल 
केन्द्रीय सरकारले लामो दूरीका सार्वजनिक सवारी साधनको भाडादर २८ प्रतिशतले बढाए बमोजिम छोटो दूरीका सार्वजनिक सवारी साधनको पनि भाडादर बढाएको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले जनाएको छ । महासंघका केन्द्रीय उपाध्यक्ष निरकुमार कार्की प्रदेश र स्थानीय सरकारले नबढाएको भाडा महासंघ आफैले बढाएको बताउँछन् । ‘‘हामीले अघिल्लो सरकारले लामो दूरीका सार्वजनिक सवारी साधनको बढेको भाडादर अनुसार छोटो दूरीको २८ प्रतिशत भाडादर बढाइएको हो । सरकारले पेट्रोलियम पदार्थको मूल्य अत्याधिक वृद्धी गर्ने मिल्ने, हामीले भाडा बढाउन नमिल्ने ? यसै त कोरोना महामारीका कारण सार्वजनिक सवारीहरु लामो समय ग्यारेजमै थन्क्याउनु परेको थियो,” उनले भने, ‘‘साउनदेखि नै भाडा बढाउन माग गर्दै आएका थियौँ । तर, सरकारले हामीलाई बेवास्ता गरिरह्यो । केन्द्रीय र संघीय सरकारले भाडादर समायोजन गरिसकेको अवस्था हो । प्रदेश सरकार र स्थानीय सरकारले समायोजन गरेको छैन । त्यसैले हामीले ११ बुँदे मागसहित शान्तिपूर्ण आन्दोलनमा छौँ ।”

महासंघले २८ प्रतिशतले स्वघोषित गरको भाडादर सवारी चालकहरुलाई वितरण गरिरहेको जनाएको छ । “यस्तो अवस्थामा प्रहरीले हामीलाई बढी कारबाही गरिहेको छ । हिजोअस्ति हामीले अलिअलि आन्दोलन गरेका थियौँ । प्रहरी कारबाही बढ्दै जाँदा आन्दोलनलाई व्यापक बनाउँदै लगिएको छ,” कार्कीको भनाइ छ । सार्वजनिक यातायात केन्द्रीय महासंघ अन्तर्गत उपत्यकाभित्र ७२ ओटा सार्वजनिक यातायात पालि छन् । 

‘‘२८ प्रतिशतको भाडादरलाई आधार मानेर कायम गरेका छौँ । सरकारले बढाएको पेट्रोलियम पदार्थको मूल्यलाई हेर्दा यति भाडाले पनि पुग्दैन,” उनले भने । 

यात्रुलाई गन्तव्यस्थलसम्म नपुर्याउँदा अधिकांश यात्रु हिँडेरै गन्तव्यस्थल पुगेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले औपचारिक रुपमा आन्दोलन घोषणा नगर्दै सार्वजनिक सवारी चालकहरुले आफैं आन्दोलन गरेको जानकारी दिए । उनले भने, ‘‘हामीले आन्दोलन घोषणा गरेका हैनौँ । पहिलेदेखि सरकारलाई प्रदेशभित्र चल्ने सवारी साधनको भाडादर समायोजन गर्न माग गर्दै आएका थियौँ । तर सरकारले समायोजन गरेन । त्यसैले चालकहरुले आफ्नो हिसाबले आन्दोलन गरेका होलान्,” महासचिव सिटौलाले भने ।
 
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी सञ्जीव दास शर्मा आफूखुसी भाडा असुल्ने सवारीमाथि गरिएको कारबाहीको रिस पोखेको हुन सक्ने बताए । उनले भने, ‘‘महाशाखामा आफूखुसी भाडा असुलेको भन्दै गुनासो आउने गरेको छ । यसका आधारमा हामीले मनपरी बढी भाडा असुल्ने चालकलाई कारबाही गर्न थालेका छौँ । आज बिहान चाबहिल, गौशला, कोटेश्वर, ग्वार्को, न्युरोडका मुख्य चोकमा गाडी तेर्साएर चाबी लिएर हिडेका हुन् । सडकमै छोडेर जाने त्यस्ता ५१८ ओटा सवारी साधनलाई होल्ड गरिएको छ । अहिले चालकहरु आएर अधिकांश सवारी साधन लिइसकेका छन् । अब बाँकी १०–२० ओटा गाडी मात्रै छन् । अहिले सडक अस्तव्यस्त छैन । आफ्नै मनोमानी भाडा असुल्नेमध्ये शनिबार ७४, आइतबार ६५ र आज ८६ गरी २२५ जनालाई कारबाही गरिसकेका छौँ ।”

सरकारले २०७८ असार २९ गतेबाट लागु गरिएको एक प्रदेशबाट अर्को प्रदेशसम्म चल्ने सार्वजनिक सवारी साधनको भाडादर समायोजन गरेको थियो । एउटै प्रदेशभित्र चल्ने सार्वजनिक सवारीमा प्रदेश सरकार र स्थानीय सरकारले भाडा समायोजन नगरेसम्म समायोजन नहुने यातायात व्यवस्था विभागले जनाएको छ  । यस्तो अवस्थामा मनपरी भाडा असुल्नेलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने जनाइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १३:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro